२६ जेठ २०८३, मंगलबार

सहुलियत दरमा चामल बिक्री गर्न शुरू

सहुलियत दरमा चामल बिक्री गर्न शुरू

काठमाडौं–नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरू गरेको छ । 

गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालार्ई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरू गरेको संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतले जानकारी दिए। 
  
संस्थानले यही भदौ २७ गते निणर्य गरी असोज २ गतेदेखि जिल्लामा सहुलियतको चामल बिक्री शुरूगरेको उनले बताए। 'निणर्य छिटो गरेको भए पनि खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट चामल मगाउनुपर्ने भएकाले तीन÷चार दिन ढिलो गरि बिक्रि शुरूगरेका हौ”, उहाँले भन्नुभयो, “दशै तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेको बिक्री शुरू गरिएको हो ।'

उनले आउँदो कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट उपभोक्तालाई सहुलियतमा चामल बिक्री गरिने जानकारीसमेत दिए । 'यो वर्ष चाडपर्वका लागि सहुलियतमा बिक्री गर्न तत्कालका लागि २१० क्वीन्टल चामल केन्द्रीय कार्यालयबाट स्वीकृत प्राप्त भएको छ', प्रमुख बस्नेतले भने, 'निर्धारित कोटाले अपुग भए थप चामल मगाउन सकिन्छ ।'

संस्थानले अहिले जिरा मसिनो र सोना मनसुली गरी दुई थरीको चामल बिक्री गर्दै आएको उनले बताए। 'दुवै प्रकारको चामलमा पहिलोको तुलनामा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री शुरूगरेका छौं', प्रमुख बस्नेतले भने, 'प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गर्दै आएको सोना मनसुली अहिले प्रतिकिलो रु ३९ र प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुँदै आएको जिरा मसिने चामल अहिले प्रतिकिलो रु ५५ मा बिक्री गरेका छौं ।'

संस्थानले बिक्री गरेको चामल बजारको मूल्यको तुलनामा सस्तो रहेको उनको भनाइ छ । संस्थानले सबै उपभोक्तालाई सहुलियत दरमा चामल उपलब्ध गराउने जनाएको छ । 'उपभोक्ताको मागअनुसार नै चामल उपलब्ध गराउने संस्थानको योजना छ', उनले भने, 'माग बढी नै भयो भने फेरि केन्द्रलाई आग्रह गरे थप कोटा स्वीकृितका लागि पत्र पठाउँछाैं ।' बजारको मूल्यभन्दा सस्तो दरमा संस्थानले चामल उपलब्ध गराएपछि बिक्री राम्रो हुन थालेको प्रमुख बस्नेतको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्