×

NMB BANK
NIC ASIA

सुजुकीको सुविधासम्पन्न सर्भिस सेन्टर २३ हजार वर्गफिटमा खुल्यो, एकैदिन ६० कारको सर्भिसिङ

असोज ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सुजुकी मोटर्सको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सले २३ हजार वर्गफिट क्षेत्रफलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

सीजी होल्डिङ्स तथा सुजुकी फोर ह्वीलर्स नेपालले बिहीवारदेखि नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको डल्लुमा सञ्चालनमा आएको सर्भिस सेन्टर २३ हजार ३ सय ५१ दशमलव ५२ वर्गफिट क्षेत्रफलमा फैलिएको छ । सेन्टरको उद्घाटन सुजुकी मोटर्स कर्पोरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो र सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक अरुण चौधरीले संयुक्त रुपमा गरे । 


Advertisment
Nabil box
Kumari

सर्भिस सेन्टरमा दैनिक ६० भन्दा बढी कारको सर्भिसिङ क्षमता रहेको सीजी मोटर्स कर्पोरेसनले जनाएको छ । सेन्टरमा मासिक २ हजारभन्दा बढी कारले सर्भिस गर्न सक्ने क्षमता छ । 

Vianet communication
Laxmi Bank

सर्भिस सेन्टरमा ११ वटा क्षेत्र राखिएका छन् । तीमध्ये २ वटा एक्स्प्रेस तथा एउटा ह्वील अलाइन्मेन्ट क्षेत्र राखिएको सीजी मोटर्स कर्पोरेसनले जनाएको छ ।

सुजुकीको डाइग्नोस्टिक टुल्सद्वारा सजाइएको नयाँ सर्भिस सेन्टरमा थ्रीडी ह्वील अलाइन्मेन्ट सिस्टम, अटो ब्रेक ब्रिडर, सेन्ट्रालाइज्ड लुब्रिकेन्ट सिस्टम लगायतका स्पेसियल टुल्स रहेका छन् । 

फ्यूल इन्जेक्टर क्लीनर, एयर कन्डिसन रिफिलिङ, लिकेज डिटेक्टर, कम्प्रेसर टेस्टिङ सिस्टम, ह्वीलर ब्यालेम्सर, डिजिटल प्रेसर गेज, माइलेज चेक गर्नका लागि इकोनो टेस्टर लगायतका टुल्स पनि नयाँ सर्भिस सेन्टरमा रहेको सीजीले जनाएको छ । रिफ्र्याक्टोमिटर र ओइल प्रेसर गेज पनि सेन्टरमा राखिएको छ ।

सेन्टरमा गुणस्तरीय सेवा प्रदानका लागि ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको छ । त्यहाँ गएर सेवाग्राहीले विभिन्न जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

‘बिक्री पछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको छ,’ नयाँ सर्भिस सेन्टर उद्घाटनमा सीजी मोटर्स कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसले ग्राहकलाई सर्भिसिङ्गको जानकारी प्रदान गरी पोस्ट सर्भिस क्वालिटी चेक समेत गर्ने छ ।’

सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको र सीजी मोटर्स कर्पोरेसनले आफ्ना सम्पूर्ण सर्भिस टीमलाई उच्च स्तरीय तालिम समेत दिइसकेको कर्पोरेसनले जनाएको छ । सर्भिस सेन्टरमा पीक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको समेत व्यवस्था गरिएको छ ।

ग्राहकको सन्तुष्टिलाई मध्यनजर गरेर सुजुकी गाडीको गुणस्तरीय सर्भिसिङका लागि सर्भिसिङ सेन्टरमा लगानी गरिएको सीजी मोटर्स कर्पोरेसनका बिजिनेस युनिट प्रमुख श्याम श्रेष्ठले बताए । ‘ग्राहकको सन्तुष्टिलाई नै प्रमुख सेवाको रुपमा लिइएको हुँदा हामीले सुजुकी गाडीको गुणस्तरीय सर्भिसिङको लागि लगानी गरेका छौं,’ बिजिनेस प्रमुख श्रेष्ठले भने, ‘हामीले ७० किलोमिटर अर्धब्यासमा सर्भिस टच प्वाइन्टको स्थापना गर्ने उद्देश्यसहित डल्लुमा सर्भिस सेन्टर स्थापना गरिएको हो ।’

बिहीवार काठमाडौंको डल्लुमा सञ्चालनमा आएको सर्भिस सेन्टरसँगै नेपालमा मात्रै सुजुकीका ३९ वटा सर्भिस सेन्टर भएका छन् ।

सुजुकीका नेपालमा ३६ स्थानमा सेल्स आउटलेट र ३ सय ५० भन्दा बढी स्थानमा पार्ट्स आउलेट रहेका छन् ।

‘नेपालको बाटो सुहाउँदो सुजुकी’

सुजुकी मोटर्स कर्पोरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतोले नेपालको बाटो सुहाउँदो सुजुकी रहेको बताएका छन् ।

नेपाल पहाडी क्षेत्र भएकाले यहाँका लागि सुजुकी कम्पनीका सवारीसाधन सुहाउँदो रहेका बताए ।

सर्भिस सेन्टरको उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सुजुकीका सवारीसाधन नेपालका लागि सुहाउँदो छन् । पहाडी क्षेत्र भएपनि सुजुकीका साधन माथि डाँडासम्मै जान्छन् ।’

काठमाडौं उपत्यकामा हेर्दा केही सवारी जाम देखिएपनि त्यसलाई सरकारले सुधार्नुपर्ने साइतोले सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x