काठमाडौं– पृथ्वी राजमार्गमा भएको अत्याधिक सवारी जामका कारण काठमाडौं आउँदै गरेको एक बिरामीको बसभित्र मृत्यु भएको छ ।
रौतहटबाट उपचारका आउँदै गरेका मृगौला पीडित एक बिरामीको धादिङको थाक्रे गाउँपालिका स्थित पृथ्वी राजमार्गमा बस भित्र नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले लोकान्तरलाई बताए ।
मृत्यु हुनेमा रौतहटका ३५ वर्षिय रुक लाल शाह रहेका छन् ।
पछिल्लो केही दिनयता नागढुंगा सडकखण्डमा मर्मत सम्भार तथा कालोपत्रेको काम भैरहँदा सवारी जाम बढेको हो ।