परदेशमा घरदेशको माया : दशैं किन नआएको होला ?

अक्षरकर्मी
अक्षरकर्मी

अक्षरकर्मी ‘लोकान्तर’का पुस्तक समीक्षक हुन् ।  

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो सम्पर्क-सञ्जाललाई संसारैभर फैलाएको छ, फैलाउँदो छ । पेशा, लगानी, रोजगारी वा पढाइ जे-जस्तो प्रयोजनका लागि भए पनि देश छोडेर परदेश गएका नेपाली (र नेपालीभाषीहरू) फुर्सदको सीमित समयको उपयोग गर्दै राष्ट्रिय वाङ्‌मयमा योगदान पुग्ने थरी-थरीका कार्य गर्छन् । रुचि अनुसारका संघ, समूह र जमात बनाई तिनलाई कृयाशील तुल्याउन आ-आफ्ना श्रम,साधन लगाउँछन् । भेला, मेलाहरूको आयोजना गरी तिनबाट नेपाली मन औ नेपालीपनको अभिव्यक्ति गराउँछन् । देश-काल-परिस्थितिले अर्को मुलुकको राहदानी प्रयोग गर्नुपरे तापनि नेपालीभाषीहरू हाँसी-हाँसी आफ्नो जन्मथलो, मूलथलोका मौलिकता चिनारी गराउँदै हिंड्न रमाएका हुन्छन् ; देखिन्छन् ।

 


Advertisement

साहित्यिक जमघट र प्रकाशनहरूले यसै परिचय पक्षलाई अनुभूत गराउँछन् । यसमा अन्य  कतिपय संस्था र संगठनमा झैं दलगत,जातिगत साँगुरा सोचहरूले डेरा जमाउन पाएका हुँदैनन् । साहित्यको फराकिलो फाँटमा सबैतिरका सिर्जनशीलता अटाउने हुनाले होला, साहित्यिक संस्थालाई यस्ता कुराले त्यतिसाह्रो असर पार्दो रहेनछ । साहित्यको संसार त्यसै पनि  उन्मुक्त, उज्यालो , हितकारी र मनकारी ।


Advertisement

 

‘प्रवासका जूनहरू’ २५ वटा मीठ पद्य रचनाको सँगालोलाई यसै परिवेशमा हेर्न सकिन्छ । र, यसमा समेटिएका महेश्वर शर्माका उद्‌गार तथा अभिव्यक्तिलाई स्वदेशप्रति परदेशका बासिन्दा हुन पुगेका नेपालीहरूको आस्था र मायाको झलक दिने प्रतिनिधि पात्रका भावनाको पुञ्ज मानिदिए फरक पर्दैन । पुरानो बस्ती, भानुभक्त संझना , झण्डा बोकेर , घर फर्किन्छु आमा, देश र दशैं जस्ता शीर्षकमुनि छचल्किएका भावोद्‌गार यस प्रसङ्का दृष्टान्त हुन् । स्याङ्जा (पाखुरे) मा जन्मेका र भगवान् बुध्दको मावली गाउँ देवदहमा हुर्केका शर्माको कर्मथलो यतिखेर अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) प्रदेश भएको छ । शर्मा सिड्नी शरहरका सामान्य बासिन्दाहरूको साहित्य सेवामा खट्न रुचाउने युवक हुन् । साहित्यक रुचिमा रमाउने शर्मालाई यसबीच साथी, दौंतरीहरूले अर्को जिम्मेवारी पनि लिन प्रेरित गरेछन्---अनेसास NSW च्याप्टरको अध्यक्ष भएर । उनी पनि देशप्रेमी, साहित्यप्रेमीहरू भेला गराएर भानु जयन्ती मनाउन पाउँदा, महाकवि देवकोटाका रचना वाचन गराउँदा खुबै रमाउँछन् । त्यसलाई विशेष काम गरें भन्ने उनलाई लाग्दैन ।

 

नेपाली जन-जिब्रोले सहज समातेको भाषामा तोतेबोली नै सही बोल्न जान्ने, हौसिनेहरूलाई थप हौसला दिने माध्यम बन्न सकेकोमा नै शर्मालाई गर्व छ । त्यसैगरी, साहित्य र संस्कृतिका विधामा सुपरिचित व्यक्तित्वहरूलाई अनेसासको आँगनमा डाकेर स-सम्मान प्रोत्साहनका शब्दहरू बोल्न लगाएर सुन्ने अवसर पाउँदा शर्माको टोलीलाई ठूलो सन्तोष हुँदो रहेछ । जीवननिर्वाहको लागि नित्य कडा परिश्रममा जुट्नु पर्ने शर्मा र समवयी तन्नेरीका हातगोडाले त्यसै पनि आरामको लागि साह्रै सीमित समय पाएका हुन्छन् । त्यसबाट पनि उबार्न सकिएको समय उबारेर, स्रोत र साधन एकत्र गरेर नेपाली मन र नेपालीपनका अभिव्यक्ति बटुल्ने, अवसर निकाल्नु सर्वथा तारिफयोग्य उपलब्धि हो ।

 

शर्माले घर-गृहस्थी र इलमबाट जोगाएको समय आफ्नो रुचिको व्यसनमा लगाएका हुन् । संयोग हो, उनको रुचि साहित्य सिर्जना भएको हुनाले त्यसबाट प्राप्त हुने सन्तुष्टि उनको भयो; तर प्रतिफल त कवितामा पोखिने भावसित नजिकिन चाहने सबैले पाउने भए, पाएका छन् । रसीला कविताभित्र खँदिला सन्देश फेला पारेका छन् । शरद याममा पढ्न रमाइलो हुने ‘दशैं’ शीर्षकको कविता यस्तो छ :---

 

 

कमेन्ट गर्नुहोस्