कंगना रनौत भन्छिन् : एक भन्दा बढी यौन साथी बनाउनु गलत

काठमाडौं–बलिउड अभिनेत्री कंगना रनौतले किशोरकिशोरीलाई सुरक्षित यौन सम्पर्कबारे सचेत गराउनुपर्ने बताएकी छिन् ।

उनले एक भन्दा बढी यौन साथी बनाउन नहुने तर्क गरेकी छिन् । 


Advertisement

रनौतले भनेकी छिन्, ‘यौन मानिसको जिन्दगीको अहम् हिस्सा हो, तर जब यसको आवश्यकता महसूस हुन्छ, तब यो हुनुपर्छ । उनले यौन सम्पर्क राख्दैमा पश्चाताप गर्नु नपर्ने समेत बताएकी छिन् ।

उनले धेरैजसो मातापिताले पहिलेपहिले धर्मले यौनको अनुमति नदिएको सोच्ने गरेको र अब भने यस्तो नभएको समेत बताएकी छिन् । 

उनले ब्रह्मचारी मानिसले पनि यौन चाहनालाई अन्य कुनै दोस्रो उर्जामा बदल्ने गरेको सुनाइन् । 

उनले कुनैपनि किशोरकिशोरीले सुरक्षित यौनसम्पर्क तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् । यौन साथी बदल्ने बानी ठिक नहुने भन्दै उनले यसले मानिसको जिन्दगीलाई नै बिगार्ने बताएकी छिन् । एजेन्सी
 

कमेन्ट गर्नुहोस्