शोले फिल्मका ‘कालिया’ विजु खोटेको मृत्यु

काठमाडौं – बलिउड फिल्मका उम्दा कलाकार विजु खोटेको ७७ वर्षको उमेरमा निधन भएको छ । 

सुपरहिट फिल्म शोलेमा खोटेले कालियाको भूमिका निर्वाह गरेका थिए । उनले अनेकौं हिन्दी तथा मराठी फिल्ममा काम गरेका थिए । 


Advertisement

कालिया बाहेक उनको स्मरणीय भूमिका 'अन्दाज अपना अपना' मा रोबर्टको भूमिका थियो । 

उनका नातेदारहरू बलिउडमा सक्रिय छन् । 


Advertisement

शोलेमा गब्बरको भूमिका खेल्ने अमजद खान र विजु खोटेले धेरैवटा फिल्म सँगै खेलेका छन् ।

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्