२६ जेठ २०८३, मंगलबार

यमनमा हूती विद्रोहीहरूले कब्जामा लिएका बन्दीहरूलाई रिहा गर्ने

यमनमा हूती विद्रोहीहरूले कब्जामा लिएका बन्दीहरूलाई रिहा गर्ने

काठमाडौं – हूती विद्रोहीहरूले तीनजना साउदीसहित ३५० बन्दीहरूलाई निःशर्त रिहा गर्ने घोषणा सोमवार गरेका छन् । 

साउदी अरबमा एम्बुश थापेर हजारौं साउदी सैनिक नियन्त्रणमा लिएको दाबी गरेको केही दिनपछि हूतीहरूको यो बयान आएको हो । 

हूती नेसनल कमिटी फर प्रिजनर्स अफेयर्सले जारी गरेको एक वक्तव्यमा रिहा गरिने व्यक्तिहरू गत डिसेम्बरमा स्टकहोममा सहमति गरिएको बन्दी आदानप्रदान सम्झौताअन्तर्गत छोड्न लागिएको जनायो । 

संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको बन्दी आदानप्रदान सम्झौतामा दुवै पक्षका ७ हजार बन्दीहरू रिहा गरिनुपर्ने थियो । तर हूती र यमनी सरकारले त्यसको कार्यान्वयनमा सहमति जनाउन सकेका थिएनन् । 

‘हामीहरू स्विडेन सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं अनि अर्को पक्षले पनि यस्तै कदम चाल्नुपर्छ,’ अब्दुल कादेर अल–मुर्तदाले बताए ।

इरानसँग जोडिएको हूती समूहले बन्दी रिहा गरेर साउदी–यूएई गठबन्धनप्रति सद्भाव देखाएको बतायो । उक्त गठबन्धनले सन् २०१५ देखि अब्द–रब्बु मन्सुर हादीको सरकारको समर्थनमा यमनमा लगातार बमवर्षा गरिरहेको छ ।

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्