कोयनाको खुलासा– पूवप्रेमीले मलाई बाथरूममा नै थुन्यो

काठमाडौं – बलिउड अभिनेत्री कोयना मित्राले बिगबोस १३ मा शानदार प्रस्तुती दिइरहेकी छिन् ।

पाँचौं दिन कोयनाले बिग बोसमा आफ्नो पूर्व प्रेमीबारे खुलासा गरेकी छिन् । उनले पूर्व प्रेमी अत्यन्तै सकारात्मक हुने बताएकी छिन् । 


Advertisement

अभिनेत्री कोयनाले दलजीत कौर, माहिरा शर्मा र सिद्धार्थ डेको साथमा आफ्नो प्रेम जीवनबारे बताएकी हुन् । उनले आफ्नो पूर्व प्रेमी तुर्कीको भएको समेत बताइन् । 

उनले भनेकि छिन्, मेरो पूर्व प्रेमी एकदमै  सकारात्मक थियो । उनले पूर्व प्रेमीले आफूलाई एक समय मुम्बईको आफ्नो घरमा बाथरूममा थुनिदिएको घटना समेत बताइन् । 

‘उसले मसँग भनेको थियो कि मसँग विहे गरेपछि तुर्की लैजान्छु । उसँग सम्बन्ध तोडेपछि मैले तीन वर्षसम्म डेटिङ जानेबारे सोचेको थिइन्,’ उनले भनिन् । 

कमेन्ट गर्नुहोस्