मानसिक समस्याका तीन कारण !

 पछिल्लो समयमा नेपालमा मात्रै नभएर विश्वमा नै मानसिक रोगीको संख्या बढ्दो छ । यसको कारण मुख्यतया तीनवटा छन् । ती हुन्ः वंशाणुगत गुण, सामाजिक र मनोवैज्ञानिक । हाम्रो जीवनशैली, आहार, साथी–संगत, बेरोजगारीजस्ता कुराले पनि मानसिक रोगी बढेको पाइन्छ । 

वंशानुगत वा जैविक
वंशानुगत कारणले दुई प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित हुन्छन् । बुबा–आमालाई मानसिक समस्या भए त्यो रोग छोराछोरीमा पनि देखिन सक्छ । 
कहिलेकाहीँ भने वातावरणका कारण पनि मानसिक रोग लाग्न सक्छ । घरपरिवारमा कोही मानसिक रोगी छ भने त्यसको प्रभाव सामान्य व्यक्तिमा पनि सर्न सक्छ । त्यसैले यसबारे सचेत हुन जरुरी हुन्छ । 


Advertisement

सामाजिक कारण
नेपालमा देखिने मानसिक रोगीमध्ये अधिकांशको समस्या भनेको सामाजिक कारण हो । त्यो भनेको राजनीतिक, बेरोजगारी, सामाजिक असहजता हुन् । पढाइमा, प्रेममा असफल, गरिबी र बेरोजगारीका कारण मानसिक रोगी देखिने गरेको पाइन्छ । 
यो समस्यालाई पनि सामाजिक नै मानिन्छ । आधुनिकता, हरेक विषयमा तीव्र प्रतिस्पर्धा, सडक दुर्घटनालगायतका कारण पनि मानसिक रोगीको संख्या बढेको विभिन्न अनुसन्धानले देखाएको छ । 

मनोवैज्ञानिक कारण
जाडँ–रक्सीको कुलतमा फसेर, पारिवारिक र साथीसंगतका कारण मानसिक रोगी बढेको पाइन्छ । यसलाई मनोवैज्ञानिक कारणसँग जोडिन्छ । कतिपय मानिस देखासिकीका कारण मानसिक रोग बोकेर अस्पताल पुगेका हुन्छन् । अध्ययनले के पनि देखाएको छ भने प्लसटु पढ्ने युवायुवती कुलतमा फसेर सानै उमेरमा मानसिक समस्याको सिकार हुन पुगेका छन् । 

कमेन्ट गर्नुहोस्