×

NMB BANK
NIC ASIA

पूर्व अध्यक्ष रेग्मीको शुभकामना सन्देश– जनतामा व्याप्त निराशा हटाउनु आजको आवश्यकता

असोज २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले राष्ट्रिय चिन्तन र चासोलाई सर्वोपरि राख्दै जनताका निराशा र संशयलाई हटाएर अघि बढ्नु आजको आवश्यकता एवं चुनौती रहेको बताएका छन् ।

Muktinath Bank

नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले धैर्य, संयम र अनुशासित भएर अघि बढ्नुपर्ने पनि बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'केही समययताका घटनाक्रमले आत्मकेन्द्रित विषयगत आकांक्षा र महत्त्वाकांक्षाले गर्दा पार्टी लगायत समग्र गतिविधि शिथिल र सुस्त बन्न पुगेको सन्देश प्रवाहित हुन पुगेको छ र टिप्पणी तथा आलोचनाका श्रृंखला चलिरहेछन्,' पूर्व अध्यक्ष रेग्मीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, 'राष्ट्रिय चिन्तन र चासोलाई सर्वोपरि राख्दै जनताका निराशा र संशयलाई हटाउँदै अघि बढ्नु आजको आवश्यकता र चुनौती रहेको छ । धैर्य, संयम, अनुशासन र खुसी आजको दिनको सन्देश पनि हो ।'


Advertisment
Nabil box
Kumari

रेग्मीले विजया दशमीका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

Vianet communication
Laxmi Bank

'सबै दिदीबहिनी तथा दाजुभाइहरूमा विजयादशमी २०७६ को सुखद् उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य र निरन्तर प्रगति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,' रेग्मीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

पूर्व प्रधानन्यायाधीश समेत रहेका रेग्मीको नेतृत्वमा नै संविधान सभाको दोस्रो निर्वाचन भएको हो । सोही निर्वाचनबाट चुनिएको संविधान सभाले नेपालको संविधान जारी गरेको हो ।

हेर्नुहोस्, पूर्व अध्यक्ष रेग्मीको सन्देश :

शुभ–कामना सन्देश

नेपाली समाज वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक विशेषतायुक्त समाज हो ।  विषेश सांस्कृतिक पर्व र चाडको रुपमा हर्षोल्लासपूर्वक मनाइदै आएको चाड हो बडादशैं । यो महान्पर्व विजयादशमीको सुखद् अवसरमा संपूर्ण दिदीवहिनी तथा दाजूभाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

विविधता भित्र एकता नेपाली समाजको विशिष्टता र पहिचान पनि हो । आर्थिक र सामाजिक रुपान्तरण गरी सुखी र खुशी राष्ट्र निर्माण हाम्रो मूल लक्ष्य र नेपाली मात्रको चाहना पनि हो । विभिन्न राजनैतिक संघर्ष र आन्दोलनहरु मार्फत अभिव्यक्त भावना र अपेक्षा पनि यही रही आएको हो । 

परिवर्तनका विभिन्न चरणकै क्रममा भन्नै पर्ने हुन्छ  — कठिन चुनौती र जटिल परिस्थितिका वीच दोश्रो संविधान सभाको निर्वाचन पश्चात् संविधान निर्माण संभव भयो । अनि राष्ट्र निर्माणको नयाँ चरण प्रारम्भ भयो । तर यो चरणको कार्यभार तव मात्रै पूरा हुनेछ जव विपन्न वर्गका सामान्य नागरिकले आफ्नो जीवनको अवस्था फेरिएको र मानवोचित जीवन यापन गर्ने अवसर सुलभ भएको अनुभूत गर्न सकुन् । परिवर्तन वा समाज रुपान्तरणको कार्यभारलाई छिटो पूरा गर्दै जाने र निमूखा जनताले अनुभूत गर्ने तथा उनीहरुको पहूँच विकास प्रकृयामा पुर्‍याउनु आजको आवश्यकता हो । अनि मात्र राष्ट्र निर्माणको नयाँ चरणमा प्रवेश गरेको अवस्थामा हामी पुग्ने छौं ।

वस्तुतः स्थायित्वमा गतिशीलता आजको आवश्यकता बनेको छ । इतिहासले सधै एकै प्रकृतिको अवसर दिदैन । अवसर निष्प्रभावी वा विमुखको अवस्थामा परिणत भयो भने राष्ट्र निर्माणको आधार सधै अनिश्चय र दिशाहीन अवस्थामा रहन पुग्दछ । जिम्मा लिने ले नै जिम्मेवारी निभाउने हो र सवैको सहभागीताबाट नै हाम्रो राष्ट्रिय उद्देश्य पूरा हुने हुन्छ । परन्तु हामी कस्तो गन्तव्य तय गरी अगाडी वढ्दै छौं त्यसको समीक्षात्मक सिंहावललोकन गर्न जरुरी हुन्छ । समाजलाई डोर्‍याउने नेतृत्व वर्ग र समाजका अगुवाहरुले नै हो — उदाहरणीय र अनुकरणीय बनेर (रोल मोडेल) । परन्तु केही समय यताका घटनाक्रमले आत्मकेन्द्रित विषयगत आकांक्षा र महत्वाकांक्षाले गर्दा पार्टी लगायत समग्र गतिविधि शिथिल र सुस्त वन्न पुगेको संदेश प्रवाहित हुनपुगेको छ र टिप्पणी र आलोचनाका श्रृखला चली रहेछन्, एक पछि अर्को मौका परिरहदा । त्यसैले राष्ट्रिय चिन्तन र चासोलाई सर्वोपरि राख्दै जनताका निराशा र संशयलाई हटाउदै अघि वढ्नु आजको आवश्यकता र चुनौती रहेको छ । धैर्य, संयम, अनुशासन र खुसी आजको दिनको सन्देश पनि हो ।

अन्तमा पुनः सवै दिदीबहिनी तथा दाजूभाईहरुमा विजयादशमी २०७६ को सुखद उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य र निरन्तर प्रगति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।

२०७६ असोज १९ आइतबार, काठमाण्डौं ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x