×

NMB BANK
NIC ASIA

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अहिले एसपीको रूपमा दिल्लीराज पन्त आएका छन् । उनी दशैंभन्दा बढी जनताको सेवालाई प्राथमिकता दिने गरेको बताउँछन् । 

Sagarmatha Cement
Muktinath Bank

महेन्द्रनगर स्थायी बासिन्दा उनको परिवार अहिले काठमाडौंमा छ । उनले परिवारसँग दशैं सँगै मनाउन नपाएको ३ वर्ष पुग्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले शुरू–शुरूमा त आठ वर्षसम्म पनि परिवारसँग दशैं मनाउन पाएको छैन,’ उनले भने, ‘तर अहिले भने कम्तीमा दुईतीन वर्षमा दशैं परिवारसँग मनाउन पाइएको छ, यसमै सन्तुष्ट छु ।’


Advertisment
Nabil box
Kumari

देशका लागि काम गरिरहेको छु भन्नेमै सन्तुष्टि मिल्ने उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘दशैं परिवारसँग मनाउन नपाएकोमा कुनै गुनासो दलाग्दै, बरू देशका लागि केहि गरिरहेको छु भन्ने महसूस हुन्छ, आत्मबल बढेर आउँछ,’ पन्तले भने ।

प्रहरी सुत्यो भने जनताको निन्द्रा भंग हुने उनी बताउँछन् । ‘हामी जागा रहेसम्म जनता निर्धक्क सुत्न पाउँछन्,’ पन्त भन्छन्, ‘तर हामी नै सुत्यौं भने जनताको निन्द्रा खल्बलिन्छ, असुरक्षाको महसूस हुन्छ ।’

उनले आफूहरूको मुख्य जिम्मा शान्ति सुरक्षा भएको बताउँदै त्यसका लागि दशैं वा तिहार भनेर नहुने बताए ।
....

विगत एक दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका छन्, पत्रकार कलेन्द्र सेजुवाल । उनी नागरिक दैनिक नेपालगञ्जमा लामो समय बसे । 

उनको परिवार सुर्खेतमा थियो । उनी डेस्क सम्पादकको रूपमा काम गर्ने भएका कारण परिवारसँग उतिबेला समयमै दशैं मनाउन पाउँदैन थिए । उनको परिवारसँग दशैं मनाउने धोको यो वर्ष भने पूरा हुँदैछ । हाल उनी कान्तिपुरका लागि सुर्खेतमा नै कार्यरत छन् । 

‘हामीलाई दशैंभन्दा महत्त्वपूर्ण कुरा जनतालाई सुसुचित गराउने चिन्ता हुन्थ्यो,’ उनी भन्छन्, ‘जसका कारण हामी सधैं जागा रहनुपर्ने अवस्था हुने र त्यसले जिम्मेवारी बढाइदिने गरेका कारण दशैंको त्यति धेरै रहर हुन्थेन ।’ 

उनले सञ्चारकर्मीको काम नै घटना, दुर्घटनाबारे चाँडोभन्दा चाँडो सूचना प्रवाह गर्नुपर्ने भएका कारण पनि परिवारसँग दशैं मनाउने कुराले खासै महत्त्व नराख्ने गरेको बताए । 

‘हाम्रो मुख्य काम भनेकै कहाँ के भइरहेको छ भन्ने कुरा जनतालाई जानकारी दिनु हो,’ उनी भन्छन्, ‘त्यसैले पनि हामीले दशैंलाई त्यति धेरै महत्त्व दिन सक्दैनौं ।’
....

रूपा गुरुङ प्रदेश अस्पतालमा नर्सको रूपमा काम गर्दै आइरहेकी छिन् । उनलाई पनि दशैंले कहिलेकाहीँ छुँदैन । 

डोल्पा घर भएकी रूपाका पनि  परिवारसँगै बसेर दशैं मनाउने रहर त किन हुन्थेन, तर पनि बिरामी आइरहने प्रदेश अस्पतालमा बिदा पाउनै सकस छ । कर्णाली प्रदेश अस्पतालमा एक त कर्मचारी नै अभाव छ, अर्कोतिर बिरामीको संख्या ह्वात्तै बढेको छ ।

‘मलाई दशैं मनाउन घर जान रहर छ,’ उनी भन्छिन्, ‘तर स्वास्थ्य क्षेत्र चुनेका कारण मलाई सोचेजस्तो बिदा पाउनै मुस्किल छ ।’ 

बिरामीको अनुहार हेरेर दशैं भुल्ने गरेको उनको भनाइ छ ।

‘बिरामी बुवाआमाहरूको बिरामी मुहार देख्दा दशैं नै भुल्दिन्छु,’ उनले भनिन्, ‘उहाँहरूको स्याहार तथा उपचार गर्न सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्दछु ।’ 

‘आफूले दशैं मान्न नपाएपनि वा परिवारजनसँग मनाउन नपाएपनि अस्पतालमा आउने सयौं बिरामीको हेरचाह तथा उपचार गर्न पाउँदा राम्रो लाग्छ’, उनी थप्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x