×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्ध थप समृद्ध हुनेछ : डा. प्रकाशशरण महत (अन्तर्वार्ता)

असोज २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उहाँको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहनुभएका प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसँग भीष्मराज ओझाले गर्नुभएको कुराकानी :

नेपाल र चीनबीचको सम्बन्धलाई यहाँले कसरी लिनुभएको छ ?

Muktinath Bank

चीन हाम्रो असल छिमेकी राष्ट्र हो । चीन समृद्धिको बाटोमा अगाडि बढेको र विश्वकै शक्ति राष्ट्र पनि हो । काङ्ग्रेसले चीनमा कुन राजनीतिक व्यवस्था छ भन्ने आधारमा दुई देशबीचको सम्बन्धलाई हेर्दैन । हामी विदेश नीति सञ्चालन गर्दा त्यो देशसँगको सम्बन्धबाट दुई देशलाई कसरी लाभ हुन्छ र नेपालको स्वार्थलाई कसरी परिपूरण गर्न सकिन्छ भन्नेमा विश्वास गर्छाैं । यसैलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ । कुन देशमा कुनखालको राजनीतिक प्रणाली छ भनेर हामीले सम्बन्धलाई अलग अलग आँखाले हेर्नुहुँदैन । काङ्ग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको समयदेखि अहिलेसम्म काङ्ग्रेसले चीन, भारतलगायत मित्रराष्ट्रसँगको सम्बन्धलाई यही आँखाले हेर्ने गरेको छ । द्विपक्षीय सम्बन्ध विकास गर्दा नेपालको राष्ट्रिय स्वार्थलाई अभिवृद्धि गर्न कसरी मद्दत गर्दछ त्यसको आधारमा नै सम्बन्ध विकास गर्ने हो । चीनसँगको विदेश नीतिको मूल आधार पनि यही नै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनसँगको दुई पक्षीय सम्बन्धलाई कसरी अझ सुदृढ बनाउन सकिन्छ ?


Advertisment
Nabil box
Kumari

पहिलो कुरा त हामीले कुन देशको नेतृत्वले के सुन्न चाहेको छ, त्योअनुसार बोल्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । हरेक देशले आफ्नो राष्ट्रिय स्वार्थलाई पूर्ति गर्ने कुरालाई नै केन्द्रबिन्दुमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध परिचालन गर्छन् । त्यो गर्दा कसैले अनौठो मान्दैनन् । त्यो उपयुक्त हो । हामीले पनि एक देशको पदाधिकारीकहाँ जाँदा एउटा कुरा गर्ने अनि अर्काे देशको पदाधिकारीसँग अर्काे कुरा गर्ने गर्नु हुँदैन । चीनसँगको सम्बन्ध सुदृढ गर्न पनि हाम्रो समस्या, स्वार्थ र आवश्यकताका बारेमा निर्धक्क कुरा राख्न सक्नुपर्छ । त्यो भयो भने मात्र हाम्रा मित्रराष्ट्रबाट हामीले विश्वास र सहयोग पनि आर्जित गर्छौं । तर हामीले त्यो मापदण्डलाई नपछ्याई विदेश नीतिलाई हचुवाको भरमा अपरिपक्व ढङ्गबाट सञ्चालन ग¥यौँ भने देशको आवश्यकता र स्वार्थ पूर्ति हुँदैन ।

Vianet communication
Laxmi Bank

द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन के कुरामा बढी जोड दिनुपर्ला ?

पहिलो कुरा उनीहरुको चासो र चिन्ता के छ त्यसमा बढी संवेदनशील हुनुपर्छ । चीनले तिब्बतको विषयलाई प्रमुखताका साथ लिएको छ । त्यसमा नेपालले सदैव एक चीन नीति अपनाउँदै आएको छ र हाम्रो भूमि चीनको विरुद्ध प्रयोग हुँदैन भन्नेमा आश्वस्त पार्नुुपर्छ त्यसमा हामी प्रतिबद्ध पनि छौँ । अर्काे हाम्रो राष्ट्रिय आवश्यकता र स्वार्थ पनि छन् । नेपाल भूपरिवेष्टित मुलुक हो र विकास निर्माणका आवश्यकता धेरै छन् । चीन समृद्धशाली देश भइसकेको छ । अर्काेतिर चीनसँगको व्यापार घाटा पनि बढ्दो छ । नेपाली वस्तु शून्य भन्सार दरमा चीनमा निर्यात गर्नुपर्छ । त्यो गर्दा चीनलाई कुनै असर पर्दैन किनकि नेपालको वस्तु न्यून मात्रामा निर्यात हुन्छ । यसो गर्न सके व्यापार घाटाको प्रतिशतलाई केही कम गर्न सक्छौँ । यसैगरी चीनको लगानी नेपालमा बढाएर त्यसबाट उत्पादित वस्तु चीनमा नै निर्यात गर्न सकिन्छ ।

चीनले अघि सारेको बिआरआई परियोजनालाई कसरी लिनुभएको छ ?

बिआरआई परियोजना यातायात, ऊर्जा, सूचना प्रविधि तथा सञ्चारलगायत क्षेत्रमा विकास पूर्वाधारसँग सम्बन्धित छ । म नै परराष्ट्र मन्त्री हुँदा यस परियोजनामा नेपालका तर्फबाट हस्ताक्षर भएको हो । यसमा हस्ताक्षर अघि मुलुकको आवश्यकता र स्वार्थलाई मध्यनजर गरी निकै तयारी गरेका थियौँ । चीनले दिएको प्रस्तावमा धेरै परिमार्जन गरेर हामी सन्तुष्ट भएपछि मात्र सम्झौतामा हस्ताक्षर गरेका हौँ । सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा खासै व्यावहारिक पहल अघि बढेको देखिँदैन । यसको कार्यान्वयन महत्वपूर्ण विषय हो ।

बिआरआई परियोजनाबाट नेपालले कसरी लाभ लिन सक्छ ?

बिआरआई परियोजना कार्यान्वयन गर्दा चिनियाँ लगानी भित्र्याउने र त्यस लगानीबाट उत्पादित वस्तु चीनमा नै निर्यात गर्न सुनिश्चितता गर्न सकियो भने व्यापार घाटा कम गर्न सकिन्छ । त्यो हाम्रो राष्ट्रिय हितमा हुन्छ । त्यसैले यसमा ध्यान दिनुपर्छ । शून्य भन्सार दरमा चीनमा वस्तु निर्यात गर्ने विषयमा हामीले त्यही बेला कुरा पनि उठाएका थियौँ । अर्काे सम्पर्क सञ्जाल विस्तारअन्तर्गत प्रसारण लाइन, सडक, रेललगायत विषय छन् । यसमा हामीले विचार पुर्याउनुपर्ने कुरा भनेको ती लगानीबाट नेपाललाई दीर्घकालीन कति फाइदा हुन्छ भन्ने हो । जस्तो रेलको कुरा छ, यसमा लगानीको कुरा गरेरमात्रै हुँदैन । यसबाट प्रतिफल आउँछ कि आउँदैन विचार पुर्याउनुपर्छ । प्रतिफल नहुने गरी हामीले कुनै पनि क्षेत्रमा ऋण लिन सक्दैनौँ । रेलको लगानीबाट उचित प्रतिफल आउँदैन भने ऋण लिएर लगानी गर्नु उपयुक्त हुँदैन । कि उहाँहरुले अनुदानमा बनाइदिने समझदारी गर्नुपर्यो । त्यसैले हाल सडक नै प्रमुख विषय हो । रसुवागढीलगायत अन्य उत्तरी नाकामा पनि बाहै्र महिना चल्ने बाटो निर्माणमा बढी जोड दिनुपर्छ । त्यस्तै अरु क्षेत्रमा पनि ऋण लगानी गर्दा त्यसको प्रतिफल कहिलेसम्म आउँछ तथा शर्तरहित र न्यून ब्याजदरमा मात्र ऋण लिनुपर्छ, जुन मुलुकको हितमा हुन्छ । कुन आयोजनामा लगानी गर्दा प्रतिफल सुनिश्चित हुन्छ र बढीभन्दा बढी जनता कसरी लाभान्वित हुन्छन् भन्नेमा ध्यान दिनुपर्छ । हचुवाका भरमा अर्थ नबुझी यो गर्ने त्यो गर्ने भनेर बोल्नुहुँदैन । यसमा सरकारले आवश्यक तयारी गर्नुपर्छ ।

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ त्यसका लागि के कति तयारी गर्नुपर्ला ?

चिनियाँ राष्ट्रपति नेपाल आउँदैहुनुहुन्छ भन्दा एकदमै खुशी लागेको छ । हामीले पहिलेदेखि नै उहाँलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले अनुकूल समयमा आउने बताउनुभएको थियो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ । उहाँको भ्रमणले दुई देशको सम्बन्ध थप समृद्ध हुनेछ । नेपालको हितमा सरकारले प्रस्ताव लैजान सकोस् । चीनले पनि नेपालमा लगानी, व्यापार, विकास निर्माणलगायत क्षेत्रका समस्यालाई ध्यानमा राखेर उदारतापूर्वक सहुलियत सहयोग प्राप्त हुने वातावरण बनोस् भन्ने हामी चाहन्छौँ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा हामीले अत्यन्त गम्भीरतासाथ तयारी गर्नुपर्छ । सानातिना विषयमा अल्झिनु हुँदैन । महत्वपूर्ण प्राथमिकताका क्षेत्रमा सहुलियत र न्यून ब्याजदर तथा उचित परियोजनामा सहयोगका लागि केन्द्रित हुनुपर्छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन कस्तो मद्दत गर्ला ?

चीनबाट धेरैपछि नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको छ । यो खुशीको कुरा हो । यसले अवश्य पनि दुई पक्षीय सम्बन्धलाई सुदृढ बनाउन मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो पार्टीको त सदैव एकनासको दृष्टिकोण छ । हामी चीनसँगको सम्बन्धलाई पार्टीगत आँखाले हेर्दैनाँै, देशको चस्माले हेर्छौं । चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्नेपनि दुई पक्षीय सम्बन्धलाई सुदृढ बनाउन मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो पार्टीको त सदैव एकनासको दृष्टिकोण छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x