२६ जेठ २०८३, मंगलबार

आज कति बजे लगाउने टीका ? यसो भन्छ पञ्चाङ्ग निर्णायक समिति

आज कति बजे लगाउने टीका ? यसो भन्छ पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं– विजयादशमीको टीकाको साइत आज (मंगलवार) बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका सदस्य सचिव सूर्य ढुंगेलका अनुसार देवी बिसर्जन गर्ने साइत भने अहिले बिहान ८ बजेर ४५ मिनेटमा निर्धारण गरिएको छ । 

बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहेपनि दिनभर नै टीका लगाउन सकिने उनको भनाइ छ ।

बडादशैंको दशौं दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने गरिन्छ ।

देशका मध्य र पूर्वी भागमा कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्