
बनेपा –लागुऔषध (चरेश) कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
थापा दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट तीन वर्ष कैद र रु दुई लाख जरिवाना सुनाइएका व्यक्ति हुन् ।
'जिल्ला अदालत पर्साले कैद फैसला सुनाएका राजीव थापा दशैँमा टीका लगाउन पनौती घर आएका बेला पक्राउ परेका हुन्', प्रहरी प्रमुख सापकोटाले भने, 'पक्राउ परेका थापालाई दशैँ बिदा सकिए लगत्तै जिल्ला अदालतमा बुझाउँछौँ ।'