×

NMB BANK
NIC ASIA

बजारमा पाइने महँगा क्रिम लगाएर मात्र राम्रो भइँदैन : यस्ता छन् छाला स्याहार्ने विधि

असोज २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ । 

Sagarmatha Cement
Muktinath Bank

छालाको रङ कस्तो छ भन्नेमा भन्दा पनि कसरी उसले आफ्नो छालाको हेरचाह गरेको छ भन्ने कुराले अधिक अर्थ राख्ने चिकित्सकहरु बताउँछन् । 
नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको छालारोग विशेषज्ञ डा. रविन्द्र बास्कोटा बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो रोग मौसम अनुसार पनि मानिसमा देखिन सक्छ । हिमाल, पहाड र तराईको फरक फरक भौगोलिक अवस्थामा बसोबास गर्नेहरुलाई हुने छालाको समस्या पनि फरक फरक हुन्छ । जाडो र गर्मी मौसममा छालाका फरक फरक समस्या देखापर्छन् । 


Advertisment
Nabil box
Kumari

आफ्नो छालाको ख्याल राख्नु सुन्दरतासँग मात्र नभएर उसको स्वास्थ्यसँग पनि उत्तिकै जोेडिएको विषय हो भन्नुहुन्छ छालारोग विशेषज्ञ प्राडा सविना भट्टराई । 
“बजारमा पाइने महँगा क्रिम लगाएर मात्र राम्रो भइँदैन, त्यसका लागि सन्तुलित खाना, पर्याप्त पानी सेवन तथा निद्रा र नियमित व्यायाम सबै आवश्यक हुन्छ,” उहाँ भन्नुहुन्छ । 

Vianet communication
Laxmi Bank

पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धुलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ । यसले अनेकथरि चर्मरोग बढाउने गरेको चिकित्सकको अनुभव छ । चिकित्सकहरु छालामा साधारण समस्या देखिएपनि विशेषज्ञलाई जँचाएर उचित र नियमित उपचार विधि अपनाउन सुझाव दिन्छन् । 
सन्तुलित र सही तरीकाले छालालाई स्याहार्न जानियो भने स्वस्थ र सुन्दर रहन सकिने डा भट्टराई बताउनुहुन्छ । 

पछिल्लो समय नेपालमा स्वास्थ्य संस्थाका बहिरङ्ग सेवामा उपचारार्थ आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका समस्याबाट पीडित हुन्छन् । 
डा बास्तोला भन्नुहुन्छ, “हामीले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा अगावै बूढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्र्दयपन हराएर जानेजस्ता समस्या बढ्दै गएको छ ।’’ 

छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ । 
“छालाको समस्या बढ्दै गएमा वा धेरै घाममा काम गर्ने व्यक्तिमा छालाको क्यान्सर देखिन पनि सक्छ,” डा भट्टराई भन्नुहुन्छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चर्म तथा यौन रोग विभागका पूर्व प्रमुख प्राडा दिनेशविनोद पोखरेलका अनुसार वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान र जथाभावी औषधिको प्रयोगलगायतका कारण छालाका समस्या बढेर गएको छ । उहाँका अनुसार दाद, संक्रमण, डण्डीफोर, चायाँपोतो, कत्ले रोग र दुबी बढी देखिने समस्या हुन् । 


पाँच मुख्य छालाका समस्या 
गोलो घेरामा देखिने चिलाउने सरुवा रोग हो दाद । रोगीको कपडा प्रयोग गर्दा, सँगै सुत्दा यो रोग सर्न सक्छ । लामो समयसम्म उपचार गर्दा पनि यो रोग निको भएन भन्ने गुनासो बढी सुनिन्छ । तर राम्ररी उपचार गर्ने हो भने दाद निको हुन्छ । 

एग्जीमा पनि भनिने छालाको अर्को बढी देखिने समस्या एलर्जी हो । यो दाद जस्तो अरुलाई सर्दैन । निकै चिलाउँछ तर उपचार गरेमा निको हुन्छ । लुतो निकै चिलाउने छालाको अर्को रोग हो । यसले गर्दा मानिसलाई अरुका अगाडि बस्न समेत अप्ठयारो पार्छ । एकबाट अर्कोमा सजिलै सर्ने यो रोगले व्यक्तित्वलाई नै खराब बनाइदिन्छ । यो एक प्रकारको किटाणुबाट हुन्छ । 

किशोरावस्थामा प्रवेश गर्दै गर्दा शारीरिक परिर्वतन भई डण्डीफोर आउन सक्छ । यो अनुहार र शरीरमा पनि आउँछ र उपचार गर्दा निको हुन्छ । कसैकसैको हर्मोनमा खरावी भएर पनि यो रोग हुनसक्छ भने औषधिको असर र राम्रो हुने रहरले बजारबाट जथाभावी क्रिम किनेर लगाउने गर्नाले पनि मुखमा डण्डीफोर आउँछ । यसलाई निर्चोनु हुँदैन । यसो गर्दा अनुहारमा दाग बस्न सक्छ । 

बाँकी समस्या किटाणु वा ब्याक्टेरियाको संक्रमणका कारण उत्पन्न हुन्छ । घाउ पाक्ने, सुन्निने, दुख्ने र चिलाउने जस्ता कारण छालामा संक्रमण देखिन सक्छ । 
त्यसबाहेक शरीरभित्रैबाटै हुने समस्याले पनि जनै खटिरा, छालाका एलर्जी जस्ता छालाका समस्या निम्ताउँछ । मासुको सेवन, धुलो, अत्तर, अण्डा र गन्धको एलर्जीले छालामा समस्या हुन्छ । कसैलाई क्रिमकै एलर्जी हुनसक्छ । कसैलाई घाम र जाडोेको एलर्जी हुन्छ । यी समस्याको बेवास्ता गरियो भने त्यसले पछि ठूलो समस्या ल्याउन सक्छ । 

नेपालमा छालाको क्यान्सरका बिरामी कम देखिएपनि यो बढ्दो क्रममा छ । देशमा कति मानिसलाई छालाको समस्या छ भन्ने यकिन तथ्याँक उपलब्ध छैन । 
छालाको क्यान्सर धेरै कारणले हुनसक्छ । एउटा कारण भने घामबाट जलेर पनि हुन्छ । लामो समयसम्म सिधा घामको सम्र्पकमा रही काम गर्ने व्यक्तिलाई यस्तो समस्या हुन्छ । 

छाला स्याहार्ने विधि 
सुन्दरता बढाउन र सामान्य ठानेर आफैं औषधि किनेर खाने, बजारमा पाइने जुनसुकै क्रिम र लोसन प्रयोग गर्ने बानी नबसाल्ने सुझाव चिकित्सकहरु दिन्छन् । 
छालाको ख्याल गर्न अनुहारमा सुहाउँदो घामबाट बचाउने सन ब्लक, सनस्क्रिन क्रिमहरु लगाउने, प्रशस्त पानी पिउने र छालालाई चिल्लो (मोइस्चर) बनाएर राख्ने गर्नुपर्छ । सनस्क्रिनले कति समयसम्म काम गर्छ भन्ने पनि थाहा पाउनुपर्छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रिम लाउनुपर्ने चिकित्सकहरु बताउँछन् । 

जाडोमा सामान्यतया छाला सुख्खा हुन्छ । जसरी शरीरलाई पानी आवश्यक हुन्छ त्यसरी नै छालालाई सुख्खा हुनबाट जोगाउन मोइस्चर दल्नुपर्छ तर, चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x