यस शहरमा मानिसहरूलाई एक हप्तासम्म लुगा नधुन भनियो

काठमाडौं – अमेरिकाको नर्थ क्यारोलाइनामा रहेको एक शहरमा सरकारले स्थानीयहरूलाई एक हप्तासम्म लुगा नधुन भनेको छ । 

सर्फ सिटीमा पाँच दिनसम्म लुगा धुन प्रतिबन्ध लगाइएको हो । शहरको पानीमा अत्यधिक आइरन भएकाले अतिरिक्त आइरन फाल्नका लागि पब्लिक वर्क्स डिपार्टमेन्टले स्थानीयहरूलाई एक हप्ता लुगा नधुन भनेको हो । आइरन फाल्ने काम शुक्रवार सकिनेछ । 


Advertisement

पानीमा अत्यधिक आइरन भएमा रंग मैलो हुन्छ तैपनि यो पिउन चाहिँ सुरक्षित नै रहन्छ । तर लुगाका लागि चाहिँ यो हानिकारक हुन्छ । 

आइरनयुक्त पानी कानूनी रूपमा सुरक्षित भए पनि लुगा फोहर बनाइदिन्छ ।


Advertisement

सीएनएनबाट 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्