कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
असोज २३, २०७६
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको आवश्यकता र स्वार्थलाई मद्दत पुग्ने तथा प्रतिफल दिने आयोजनामा मात्र चीनसँग ऋण स्वीकार गर्न सरकारलाई सुझाव दिएको छ ।
ऋणमा नभई अनुदानमा बनाइदिए मात्र चीनसँग रेल्वे सम्झौता गर्नुपर्ने कांग्रेसको सुझाव छ ।
चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिफल आउने आयोजनामा मात्र ऋण स्वीकार गर्न सरकारलाई सुझाव दिएका हुन् ।
‘बीआरआई कार्यान्वयनमा ऋण स्वीकार गर्दा हाम्रो देशको स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर प्रतिफल आउने आयोजना छान्ने तथा तिर्न सक्ने ऋण मात्र लिनुपर्छ भन्ने हामीहरूको सुझाव रह्यो,’ बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने ।
कांग्रेसले कनेक्टिभिटी र नेपालमा लगानी भित्र्याउने कुरामा जोड दिन सुझाव दिएको उनले बताए ।
‘प्रधानमन्त्रीज्यूले रेल्वेको कुरा पनि उठाउनुभएको थियो, हामीले विनातयारी यस विषयमा कुरा गर्नुहुँदैन भन्यौं,’ महतले भने, ‘अनुदानबाट लगानी हुन्छ भने चीन र भारत दुवैले बनाउने रेल नेपाल ल्याउनुपर्छ । अनुदानमा आएमात्र फिजिवल हुन्छ, ऋण लिएर रेल्वे बनाएर तत्काल प्रतिफल आउने छैन, सयौं वर्ष लाग्छ ।’
कांग्रेसले पर्याप्त तयारी गरेर मात्र चिनसँग सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...