कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
असोज २३, २०७६
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रित गरेर चीनसँग साझेदारी र सहमति गर्ने बताएका छन् ।
चीन र नेपालबीच लामो समयदेखि रही आएको असल, प्रगाढ र मैत्रीपूर्ण छिमेक सम्बन्धलाई यो भ्रमणले नयाँ उचाइमा पुर्याउने उनको विश्वास छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका सम्बन्धमा बिहीवार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत र आर्थिक क्षेत्रका जानकारहरूसँगको छलफलका क्रममा ओलीले भ्रमण सफल गराउन सबैसँग सहयोगको आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रित गरेर चीनसँग साझेदारी र सहमति गर्ने प्रतिबद्धता जनाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा सबै पूर्वप्रधानमन्त्रीले चीनका राष्ट्रपतिबाट नेपालको भ्रमण हुनु ऐतिहासिक महत्त्वको कुरा रहेको भन्दै उच्च महत्त्व दिएर सफल बनाउने कुरामा सबैको एकमत रहेको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा भ्रमणको तयारीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका थिए ।
रेलको कुरा गरेर तत्कालीन कुरालाई ओझेल नपारौं
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऋण लिएर रेल्वे बनाउने कुरा नगर्न आग्रह गरेका थिए । देउवाको प्रस्ताव सम्बोधन गर्दै ओलीले अहिले प्रि–फिजिविलिटी स्टडी मात्र भएको र डीपीआर बन्नै बाँकी रहेकाले अहिले नै लगानीको बारेमा प्रश्न गर्नु जरुरी नरहेको बताए ।
‘प्रधानमन्त्रीले फिजिविलिटी स्टडी भएपछि मात्र डीपीआर बन्ने होला, लगानीको मोडालिटी बारेमा पनि थप छलफल हुन्छ भनेर भन्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘तत्कालीन कुरालाई ओझेल पार्नेगरी रेलको कुरा नगरौं । रेलको एजेन्डा राष्ट्रको महत्त्वपूर्ण एजेण्डा हो, अहिले नै कार्यान्वयन गर्ने अन्य कुरा महत्त्वपूर्ण छ ।’
श्रेष्ठका अनुसार बैठकमा सहभागी सबैले नेपाल र चीनबीच कनेक्टिभिटी र सडक विस्तारमा जोड दिएका थिए ।
‘के–के सम्झौता गर्ने भन्नेबारे डिटेलमा प्रस्ताव तयार गर्ने काम परराष्ट्र मन्त्रालयको हो,’ उनले भने ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...