कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २००० तिर एक विवाहिता महिलाको गुप्तांग समातेको आरोप लागेको छ । उनले त्यो हर्कत गर्दा उनकी तत्कालीन प्रेमिका र अहिलेकी पत्नी मेलानिया माथ्लो तल्लामा थिइन् ।
ब्यारी लिभाइन र मोनिक एल–फैजीको पुस्तक ‘अल द प्रेसिडेन्ट्स विमेन : डोनल्ड ट्रम्प यान्ड द मेकिङ अफ ए प्रिडेटर’ मा करेन जोनसनले आफू ट्रम्पको अश्लील हर्कतको शिकार बनेको बताएकी छन् ।
जोनसनले फ्लोरिडाको पाम बीचमा ट्रम्पको क्लबमा भएको पार्टीमा ट्रम्पले समातेको बताएकी छन् । उक्त पार्टीमा उनी आफ्ना पति र नातेदारका साथ गएकी थिइन् ।
आफू त्यतिखेर लगभग ४० वर्षकी भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘जब ट्रम्पले महिलाको गुप्तांग समात भन्छन्, मलाई निकै पीडा अनुभव हुन्छ किनकि उनले मलाई त्यसैगरी समातेका थिए ।’
ट्रम्पलाई दुई दर्जनभन्दा बढी महिलाले दुर्व्यवहारको आरोप लगाएका छन् ।
किताबमा ट्रम्पविरुद्ध ४३ वटा थप आरोप छ । तीमध्ये २६ घटनामा ट्रम्पले जबर्जस्ती यौन सम्पर्क गर्ने प्रयास गरेको आरोप छ ।
पुस्तक अक्टोबर २२ मा सार्वजनिक गरिनेछ ।
जोनसनले पुस्तकका लेखकहरूलाई आफू पाम बीचमा रहेको समुद्री किनारको क्लबमा प्रायः जाने गरेको किनकि त्यो घरनजिक रहेको बताइन् । तर भविष्यका राष्ट्रपति ट्रम्पलाई उनले विवाहको प्रीतिभोजमा मात्र भेटेको उनले बताइन् ।
त्यसपछि नयाँ वर्षको पार्टीमा जोनसन कालो भर्साचे वस्त्रमा नाचिरहेकी थिइन् अनि मध्यरातको एकछिनपछि उनका पतिले गाह्रो भएको बताए अनि नातेदार पनि घर जान खोजे ।
त्यसपछि घर जानुअघि शौचालय जान लाग्दा ट्रम्पले आफूलाई समातेको जोनसन बताउँछिन् । त्यस घटनाले आफूलाई निकै आघात पुगेको उनको भनाइ छ ।
एजेन्सी
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...