×

NMB BANK
NIC ASIA

शीको नेपाल भ्रमण

चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण : ओली सरकारको महत्त्वपूर्ण उपलब्धि !

असोज २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– दुई दशकभन्दा लामो समयदेखि हुन नसकेको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपतिको भ्रमण निश्चित गराएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रशंसा बटुलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चुनावमा गरेको वाचाअनुसार काम गर्न नसकेको भन्दै सरकारको तीव्र आलोचना भइरहेको समयमा चिनियाँ राष्ट्रपतिको भ्रमणले ओली सरकारलाई केही राहत मिलेको छ । सरकारको आलोचना गर्नेहरू केही समयका लागि चुप लागेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा के सहमति या उपलब्धि हुन्छन्, हामीले कति फाइदा लिन सक्छौं त्यो बेग्लै कुरा हो, तत्कालका लागि भ्रमण हुनु नै महत्त्वपूर्ण छ । चिनियाँ राष्ट्रपति भ्रमणमा आउने कुरा चानचुने होइन ।


Advertisment
Nabil box
Kumari

अझ महत्त्वपूर्ण कुरा त शी भारतबाट नेपाल आउँदैछन् । सम्भवतः नरेन्द्र मोदीसँगको भेटमा पनि नेपालको प्रसंग उठ्ने छ । नेपालको प्रसंग उठेन भनेपनि शी स्वदेश फिर्ता भन्नुको साटो हिन्दूस्तानबाट नेपाल प्रस्थान गरे भनेर भारतीय सञ्चारमाध्यमले लेख्नुपनि नेपालका लागि फाइदाको कुरा हो ।

Vianet communication
Laxmi Bank

२० लाख पर्यटक भित्र्याउने अतिमहत्त्वाकांक्षी नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा हुन लागेको शीको भ्रमणले नेपालमा ‘स्तरीय’ चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास छ । विश्व अर्थतन्त्रको केन्द्र बन्दै गएको चीनका राष्ट्रपतिको भ्रमणले नेपालमा लगानी भित्र्याउन मद्दत पुग्ने नै छ । 

२०७३ सालमा पहिलोपटक प्रधानमन्त्री बनेको समयमा पनि ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रयास गरेका थिए । नेपालमा संविधान जारी भएलगत्तै शुरू भएको भारतीय नाकाबन्दीपछि चीनसँग पारबहन लगायतका केही सम्झौता भएपछि नेपाल–चीन सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको थियो ।

चीन भ्रमणका क्रममा समकक्षी शी चिनफिङसँग राष्ट्रपति विद्यादेवी भण्डारीचिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीकै क्रममा ओली सरकार ढलेपछि भ्रमण स्थगित भएको थियो । त्यो बेला नै भ्रमण हुन पाएको भए नेपालको आर्थिक विकासको रफ्तारले गियर चेञ्ज गरिसकेको हुने थियो, शायद ! ढिलै भएपनि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको छ । यतिबेला भ्रमणलाई कसरी फलदायी बनाउन सकिन्छ भनेर लाग्ने समय हो । 

ओलीको दोस्रो कार्यकालमा चिनियाँ राष्ट्रपति शी चिनफिङ नेपाल आउने पक्का भएको छ । दिन होइन, अबको केही घण्टापछि शी काठमाडांैंमा हुनेछन् । २३ वर्षदेखि हुन नसकेको चिनियाँ राष्ट्रपतिको भ्रमण गराउन सक्नु पनि ओली सरकारको सफलताको रूपमा चर्चा भएको छ । नेपालमा राजनीतिक संक्रमण र अस्थिरता लम्बिएपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न नचाहेको टिप्पणी सुनिदै आएको थियो । 

बुधवार नेपालस्थित परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले एउटै समयमा विज्ञप्ति जारी गर्दै राष्ट्रपति शीको राजकीय भ्रमणको घोषणा गरेपछि शीको भ्रमण सुनिश्चित बनेका छ । शीको नेपाल भ्रमणको विषयलाई लिएर भारतीय सञ्चार माध्यममा समेत टिप्पणी शुरू भएका छन् । 

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले भ्रमण गरेयता चिनियाँ राष्ट्रपति तहबाट  नेपाल भ्रमण भएको थिएन ।

सन् २००१ मा तत्कालीन प्रधानमन्त्री झु रोङ्जी र सन् २०१२ मा बेन जिया बाओले नेपाल भ्रमण गरेयता चीनको नेतृत्व तहबाट हुन लागेको यो पहिलो भ्रमण हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा तत्कालीन चिनियाँ प्रधामनन्त्री बाओले छोटो समयका लागि भएपनि नेपाल भ्रमण गरेका थिए । 

बल्ल–बल्ल जुरेको साइत !

दुई दशकदेखि हुन नसकेको चिनियाँ राष्ट्रपतिको भ्रमण गराउनका लागि सबै सरकारले पहल गरेका थिए, तर हुन सकेको थिएन । संविधान जारी भएपश्चात नेपाल राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैछन् । 

यसअघि सन् २०१६ र २०१७ मा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने खालका समाचार प्रकाशित भएका थिए । ओली नेतृत्वको तत्कालीन सरकार विघठन भएपछि भ्रमण हुन सकेन । 

२०७३ चैत १४ गते चैत चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुल्समा भएको भेटवार्तामा राष्ट्रपति शीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छिट्टै नेपाल भ्रमण गर्ने आश्वासन दिएका थिए । त्यहीबेला राष्ट्रपति शीले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैंले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

२०७४ साउन ३२ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्न चाहेको बताएका थिए । ‘चीनका राष्ट्रपति नेपाल भ्रमण गर्न इच्छुक हुनुहुन्छ, उहाँले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुभएको छ, अनुकूल समयमा राष्ट्रपति शीले नेपालको भ्रमण गर्नुहुनेछ,’ उपप्रधानमन्त्री वाङले भनेका थिए ।

२०७५ असार ६ गते प्रधानमन्त्री ओलीसँग बेइजिङमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति शीले नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए । तर त्यो ‘उपयुक्त समय’ आएको थिएन । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमण गरिसकेका छन् । यसबीचमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि नेपाल भ्रमण गरिसके । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७१ को चैतमा चीनको भ्रमण गरेका थिए । नेपालमा गणतन्त्र स्थापनापछि गठन भएका सरकारका प्रायः सबै प्रधामनन्त्रीले चीनको भ्रमण गरेका छन्, तर सोहीअनुसार चीनबाट उच्चस्तरको भ्रमण हुन सकेको थिएन । 

२०७६ वैशाख ११ देखि १८ सम्म राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीन भ्रमणका क्रममा नेपाली नेतृत्वले चिनियाँ राष्ट्रपति शी चिनफिङलाई भ्रमणका लागि निम्तो दियो । नेपालको निम्तो स्वीकार्दै राष्ट्रपति शीले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए । यसपटक भने राष्ट्रपति शीलाई नेपाल आउने साइत जुर्‍यो ।

यसपटक पनि चिनियाँ राष्ट्रपति शी आउँछन् भन्ने कुरामा सरकार आफैं आश्वस्त थिएन । हुँदो हो त अत्यन्त घनिष्ट छिमेकी देशका प्रमुखको स्वागतमा काठमाडौंमा नक्कली विकासको तामझाम गर्नु सट्टा तयारी साथ उद्यान बन्थे होला । जे होस् शीले नेपाललाई प्राथमिकता दिए । 

त्रिपाल होइन, ठूलै कुरा मागौं !

शान्त कूटनीतिमा विश्वास गर्ने भएकाले चिनियाँ पक्षले उपलब्धिपूर्ण भ्रमणका लागि लामो प्रतिक्षा गराएको थियो । चिनियाँहरू काममा विश्वास गर्ने भएकाले उनीहरू उपलब्धि नहुने भ्रमणका लागि महत्त्व दिँदैनन् । यसपटक नेपाल र चीनबीच रेल्वे सम्झौतामा हस्ताक्षर हुने कुरा छ, तर नेपालले पर्याप्त गृहकार्य गरेको छैन ।

सरकारी पक्षले शीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल्वे विस्तार सम्झौता हुने कुरा गरेको छ । तर बिहीवार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले ऋणमा रेल्वे सम्झौता गर्न नहुने भन्दै अनुदानमा बनाइदिने भएमात्र सम्झौता गर्न सुझाव दिएको छ ।

चिनियाँ राष्ट्रपतिसँग नेपालले गर्ने प्रस्तावमा अझै सहमति हुन सकेको छैन । सर्वदलीय बैठक त भयो, तर चीनसँग के माग्ने भन्ने विषयमा मतऐक्य हुन सकेन ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हित हुने सहमति गर्ने आश्वासन दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यति ठूलो भ्रमणका लागि सरकारको तयारी फितलो देखियो । सहमतिको खाका बनिसक्नु पर्नेमा भर्खर मात्र एजेण्डा प्रस्तुत हुनु तयारी अभाव हो, सरकारको कमजोरी हो ।

सम्झौता गर्ने र कार्यान्वयनमा तदारुकता नदेखाउने नेपाली चरित्रबाट चिनियाँहरू आजित छन् । बेल्ट एण्ड रोड इनिसिएटिभमा पनि नेपालले पटक–पटक प्रतिबद्धता जनाइसक्यो, तर कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।

ओली पहिलोपटक प्रधानमन्त्री भएर चीन गएको समयमा भएका सम्झौता अगाडि बढुन् भन्ने चिनियाँ पक्षको चासो छ । सम्झौता गर्ने तर कार्यान्वयनमा उदाशीन हुने नेपालको शैलीप्रति चीन र भारत दुवै असन्तुष्ट छन् ।

चीनको सियान विश्वविद्यालयमा अध्यापनरत प्रोफेसर डा राजीवकुमार झा चीनसँग विगतमा भएका सहमति कार्यान्वयन नहुनु दुःखद् रहेको बताउँछन् ।

‘सन २०१६ मा प्रधामनन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा १५ वटा सम्झौता भएका थिए । प्रधानमन्त्री भनेको देशको प्रतिनिधि हो । प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन गर्ने भनेको सम्बन्धित मन्त्रालय या विभागले हो । सम्झौता किन कार्यान्वयन भएको छैन, सरकारसँग बुझ्नुस न !’ लोकान्तरसँगको कुराकानीका क्रममा डा. झाले भने, ‘व्यापार पारबहन सम्झौता भयो तर कार्यान्वयन शुरू भएन । के सम्झौता भयो, किन कार्यान्वयन भएन ? कहाँ अड्केको छ ? नेपालबाट अड्कियो या चीनबाट अड्कियो ? मलाई के लाग्छ भने चीनसँग भएका सम्झौता कार्यान्वयन नहुनुमा राजनीतिक र प्रशासनिक संयन्त्र दुवैको कमजोरी बराबरी छ ।’

गत महिना चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा ५ हजार त्रिपाल लिने सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना भयो । 

राष्ट्रपति शीको भ्रमणमा सानो प्रस्ताव गर्दै नगरौं । रेल मागौं, उत्तर–दक्षिण राजमार्ग मागौं, काठमाडौंको बाहिरी चक्रपथ बनाउन प्रस्ताव गरौं, अझ सबैभन्दा ठूलो कुरा त नेपालमा धेरै रोजगारी सिर्जना गर्ने खालको लगानी भित्र्याउन प्रस्ताव गरौं ।

शीको भ्रमणलाई नेपालले आर्थिक फड्को मार्ने प्रस्थानबिन्दुका रूपमा सदुपयोग गरौं !

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x