×

NMB BANK
NIC ASIA

राष्ट्रपति सीको भ्रमण : थप प्रवर्द्धन होला त बौद्ध दर्शन र संस्कृति ?

असोज २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ ।  

Muktinath Bank

बौद्ध दर्शनका शान्ति र अहिंसाका शिक्षाले यी मुलुकलाई विगतदेखि नै नजीकबाट जोड्दै आएकामा यस भ्रमणले नेपालका बौद्ध सम्पदाले पनि अन्तरराष्ट्रिय तहमा महत्व पाउने आशा गरिएको छ । राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब एक अर्ब ४० करोड जनसङ्ख्या भएको छिमेकी चीनमा करीब ४० करोड जनसङ्ख्या बौद्धधर्मका अनुयायी छन् । नेपालमा भने करीब तीन करोडको जनसङ्ख्याको करीब १० प्रतिशत मात्र बौद्ध अनुयायी छन् । बौद्ध साहित्यमा समावेश गरिएका बौद्ध उपदेश र  दार्शनिक पक्षको गहिरो अध्ययनले समाजमा शान्ति तथा सहअस्तित्वपूर्ण वातावरण कायम गरी विश्वकल्याणका लागि प्रेरित गर्ने हुँदा त्यसतर्फ अनुयायी आकर्षित छन् । 


Advertisment
Nabil box
Kumari

अखिल नेपाल भिक्षु महासङ्घका केन्द्रीय सदस्य भिक्षु तपस्सी धम्मले बुद्ध जन्मथलो लुम्बिनीको विकासमा चीन सरकारले सहयोग गरिरहेको स्मरण गर्दै चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणले बौद्ध सम्पदाको प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Vianet communication
Laxmi Bank

मुलुकको समग्र विकास र समृद्धिका लागि विभिन्न परियोजनामा छलफल तथा केही सम्झौतामा हस्ताक्षर हुने उक्त भ्रमणका क्रममा कपिलवस्तु, देवदहलगायत प्राचीन सम्पदाको संरक्षण तथा विकासमा समेत छलफल केन्द्रित हुन सकेमा त्यसले अन्तरराष्ट्रिय तहमा सकारात्मक प्रभाव पार्ने बताउँदै उनले  धर्म, संस्कृति, भाषा, साहित्यलगायत विषय दुवै देश र जनतालाई एकापसमा भावनात्मकरुपमा जोड्ने काममा बलियो आधार बन्ने विश्वास व्यक्त गरे। 

विश्व बौद्ध धर्म सङ्घका अध्यक्ष भीमसुवा गुरुङले बुद्ध जन्मस्थल लुम्बिनीलाई चीनका बौद्ध अनुयायीले पवित्र तीर्थस्थलका रुपमा आस्था प्रकट गर्ने र  समय समयमा तीर्थस्थलको भ्रमण गर्दै आएकाले भ्रमणले  थप प्रवद्र्धन गर्ने बताए। 'चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशका बौद्ध अनुयायीहरुको भावनामा सम्मान पुग्ने छ, नेपाल र यहाँका सम्पदाहरुको अन्तरराष्ट्रिय प्रचारप्रसार हुन राम्रो अवसर मिल्ने छ', उनले भने।  

नेपाल र चीनबीच जनस्तरका आधारमा बनेको सम्बन्धको झन् महत्व छ । अन्तरराष्ट्रिय यात्रामा निस्केका फाइ हान र ह्वेन साङले क्रमशः पाँचौँ र साताँै शताब्दीमा नेपालमा आएर गरेको खोज अनुसन्धानले दुवै मुलुकबीच ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बलियो बनाएको छ ।

नेपालका बौद्ध विद्वान् बुद्धभद्रले पाँचौँ शताब्दीमा चीनमा गरेको भ्रमणले बौद्ध साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेको थियो । बौद्ध विद्वान् टीका शेर्पाका अनुसार बुद्धभद्रले बौद्ध साहित्यको प्रवद्र्धन गर्ने क्रममा जीवनका २५ वर्ष समय चीनमा बिताएका थिए भने बौद्ध दर्शनलाई नेपालबाट चिनियाँ समाजमा पु¥याई स्थानीय जनतासँग बौद्ध अभ्यासलाई अन्तरघुलित गराएका थिए ।

दुवै मुलुकका बौद्ध अनुयायीले सम्बन्धित दर्शन तथा साहित्यलाई अवलम्बन गर्ने र तीर्थस्थलका रुपमा भ्रमण गर्ने परम्परा रहेको बताउँदै शेर्पाले भन्नुभयो, 'सरकारले लिएको भ्रमण वर्षको अभियानमा चिनियाँ पर्यटकको अभिवृद्धि गर्ने सूचना प्रवाह भएमा शक्तिशाली राष्ट्रका प्रमुखले गर्ने भ्रमण निकै महत्वपूर्ण र अर्थपूर्ण हुने छ ।'

तत्कालीन ललितपुरमा जन्मेका अरनिको अर्थात् बलबाहुले नेपाली वस्तुकलालाई परिचित गर्ने गरी निर्माण गरेको बेइजिङमा श्वेत चैत्यले जनस्तरमा समेत प्रभावकारी सम्बन्ध कायम गरेको छ । तेह्रौँ शताब्दीमा नवनिर्मित संरचना अहिले विश्वसम्पदा सूचीमा सूचीकृत महत्वपूर्ण संरचनाका रुपमा मानिएको छ ।

उनको नेतृत्वमा ८० सदस्यीय प्रतिनिधिमण्डलले जीवनभर चीनमा बसेर थुप्रै गुम्बा, चैत्य, बुद्ध मूर्ति र चित्रलगायत सम्पदा बनाए । यस प्रकारका संस्कृतिले दुई देशलाई भावनात्मकरुपमा सम्बन्धको उचाइ अभिवृद्धि गरेको छ । अरनिकोको कला निर्माणका विशिष्ट शैलीले गर्दा उनलाई सम्राट् कुब्ला खाँको अत्यन्त निकट शक्तिशाली व्यक्तिका रुपमा महत्व दिइएको थियो । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपछि दुवै मुलुकको सम्बन्ध पारस्परिक हितका आधारमा विस्तारित भई एकापसमा सहयोग सद्भाव आदानप्रदानमा केन्द्रित देखिन्छ । 

विभिन्न कालखण्डमा नेपालको विकास र समृद्धिका लागि निर्माण भएका विभिन्न परियोजनामा चीनले सहयोग गरेको पाइन्छ । बौद्ध साहित्यमा अध्ययन गर्नुपर्ने महत्वपूर्ण पाठ ‘पञ्चशील’ छ, त्यस सिद्धान्तका आधारमा दुवै देशबीच सन् १९६० अप्रिल २८ मा नेपाल  चीनबीच शान्ति तथा मैत्री सन्धि भएको थियो । सन् १९६० मा चीनमा सांस्कृतिक क्रान्ति हुँदा पनि बौद्ध मन्दिर तथा प्राचीन सम्पदाको संरक्षण भने भइरह्यो । ‘बुद्धको पहिलो घर नेपाल तथा दोस्रो घर चीन’ भनिन्छ । कृष्णराज गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x