×

NMB BANK
NIC ASIA

उपनिर्वाचनका लागि ४ लाख ५४ हजार ११४‍ मतदाता, कास्की–२ को मतदाता कति ?

असोज २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४‍ मतदाता मतदानका लागि योग्य रहेको निर्वाचन आयोगले जनाएको छ । 
आयोगका अनुसार पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै रहेको छ । आयोगका अनुसार  अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी बिरोध) कार्यक्रम सञ्चालन गरिएको थियो । सो बमोजिम उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कुल  ४,५४,११४‍ मतदातामध्ये महिला मतदाता २,३३,४०२ जना, पुरुष मतदाता २,२०,७१० जना र अन्य लिङ्गी मतदाता २ जना रहेका छन् । 
प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा ‍७१,८७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ्ग र दाङ्गका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५,०१५ जना ३६,९२६ जना र ७३,१७२ जना मतदाता रहेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको रिक्त पदका लागि मंसिर १४ गते शनिबारका दिन उपनिर्वाचन हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच आयोगले उपनिर्वाचन प्रयोजनको लागि मतदान केन्द्र समेत तोकेको छ । मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको आयोगले जनाएको छ । 
उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहेका छन् । आठसय वा सो भन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका छन् भने आठ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० रहेका छन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x