यसरी बनाइयो सैफ अली खानलाई नागा साधु (भिडियोसहित)

काठमाडौं –अहिले  सैफ अली खान आफ्नो नयाँ चलचित्र ‘लाल कप्तान’ लाई लिएर चर्चामा रहेका छन् ।

यस चलचित्रमा उनी नागा साधुको भूमिकामा आउने छन् । चलचित्रको केही ट्रेलर सार्वजनिक भइसकेको छ, जसलाई दर्शकहरूले निकै नै रूचाएका छन् । यस चलचित्रको निर्देशन नवदीप सिंहले गरेका छन् ।


Advertisement

निर्माताले अहिले यस चलचित्र बनाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । यसमा  कसरी सैफलाई नागा साधु बनाइएकोबारे देखाइएको छ ।

भिडियोमा सैफको नागा साधुको भूमिकाका लागि तयार हुँदैछन् । उनको कपालमा साधुको जस्तै जटा लगाइएको छ । यसबाहेक नक्कली दाह्री लगाएर उनलाई साधु बनाइएको छ । 

ट्रेलरमा सैफ तरवारबाजी गर्दैगरेको देखाइएको छ । चलचित्रमा एक्शन सीक्वेन्सका लागि सैफले एक्स्पर्टसँग तरवार चलाउन विशेष तालीम लिएका हुन् । सो भिडियोमा यसका केही अंशसमेत देखाइएको छ । 

यस बाहेक खान शूटिंग गर्ने स्थानमा एक्शन सीक्वेन्सको तयारी गरिरहेको समेत भिडियोमा देखाइएको छ ।

 चलचित्र निर्देशकका अनुसार खानले चलचित्रमा कडा मेहनतका साथ काम गरेका छन् । एजेन्सी

ट्रेलर


 

कमेन्ट गर्नुहोस्