दक्षिण अफ्रिकाविरुद्ध कोहलीको दोहोरो शतक

एजेन्सी- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा ७ औं दोहोरो शतक प्रहार गरेका छन् । 

दक्षिण अफ्रिकाविरुद्ध शुक्रवार जारी खेलमा कोहलीले करिअरको ७ औं दोहोरो शतक पूरा गरेका हुन् ।  


Advertisement

भारत र दक्षिण अफ्रिकाबीच तीन टेस्ट सिरिजको दोस्रो खेल पुणेको एमसीए स्टेडियममा जारी छ । 

टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टीमले ४ विकेट गुमाएर ४९८ रन बनाएको छ । कप्तान कोहलीले २०९ तथा रविन्द्र जडेजा ३३ रनका साथ क्रिजमा छन् । 

यसअघि मयंक अग्रवालले १९५ बलमा १०८ रन बनाएका थिए । त्यस्तै चेतेश्वर पुजाराले ५८ तथा अजिंक्य रहाणेले ५९ रन बनाए । 

तस्वीर : बीसीसीआई 

कमेन्ट गर्नुहोस्