काठमाडौं – दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति शी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सोल्टी होटेलमा भेटवार्ता भएको छ ।
आइतवार बिहान करीब १० बजेबाट भेटघाट भएको छ। भेटघाट २० मिनेटसम्म चलेको थियो।
वान टु वान भेटमा नेपाल(चीनबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउनेबारे छलफल भएको प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ ।
लोकान्तर संवाददाता