शीतल निवासको आगन्तुक पुस्तिकामा चिनियाँ भाषामा के लेखे राष्ट्रपति शीले ?

काठमाडौं– नेपालको दुईदिने राजकीय भ्रमणमा शनिवार काठमाडौं आएका चिनियाँ राष्ट्रपति शी चिनफिङले राष्ट्रपति कार्यालय शीतल निवासको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

शनिवार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि शीतल निवासको आगन्तुक पुस्तिकामा राष्ट्रपति शीले हस्ताक्षर र चिनियाँ भाषामा केही अक्षर लेखेका छन् ।


Advertisement

आगन्तुक पुस्तिकामा राष्ट्रपति शीले आफ्नो हस्ताक्षरसहित शनिवारको मिति लेखेका छन् । चाइना रेडियो इन्टरनेशनल (सीआरआई)मा कार्यरत एक नेपाली पत्रकारले यो भाषा उल्था गरेका हुन् ।

हस्ताक्षर भन्दा तलपट्टि २०१९/१०/१२ लेखेका छन् । कुनै पनि देशका विशिष्ठ पाहुना आउँदा आगन्तुक पुस्तिकामा सन्देश लेख्ने चलन छ ।

शनिवार अपरान्ह नेपाल आएका राष्ट्रपति शी आइतवार दिउँसो स्वदेश फर्केका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले राष्ट्रपति शीलाई विमानस्थलमा बिदाइ भेट गरे ।

शी २३ वर्षपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति हुन् । यसअघि सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए ।   

 

कमेन्ट गर्नुहोस्