काठमाडौं –नेपाली बजारमा सोमवार सुनको भाउ घटेको छ ।
सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार छापावाल सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमवार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, सोमवार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।