पारसले छाडे नेपाली क्रिकेट टीमको कप्तानी

काठमाडौं– एक दशकभन्दा लामो समयदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हाल्दै आएका क्रिकेटर पारस खड्काले कप्तानी छाडेको घोषणा गरेका छन् ।

मंगलवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पारसले कप्तानी छाडेको घोषणा गरेका हुन् ।


Advertisement

पारसको नेतृत्वमा नेपाली क्रिकेट टोलीले टी–ट्वान्टी विश्वकप खेलेको थियो । उनकै नेतृत्वमा नेपालले एकदिवसीय टोलीको मान्यता समेत प्राप्त गरेको छ ।

कप्तानी छाडेको घोषणा गर्दै पारसले फेसबूकमा लेखेका छन्–


Advertisement

नेपाल क्रिकेट संघको प्रतिबन्ध हटाइएको कुरा थाहा पाउँदा निकै खुशी लागेको छ ।

नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडीहरू र सरोकारवालाहरूको भलाइका लागि नयाँ कमिटीले काम गर्न सकोस् भन्ने कामना गर्छु । 

यससँगै म कप्तानको पदबाट राजीनामा दिन्छु । अब नयाँ शुरूआतसहित तथा सबैको प्रतिबद्ध भिजनका साथ कुराहरूलाई अगाडि बढाउनुपर्नेछ । 

म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्डस्मेन, साथीहरू र मेरो परिवारलाई यस अविश्वसनीय यात्रामा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु ।

अर्को समयसम्मका लागि बाईबाई ।

कमेन्ट गर्नुहोस्