म्याद थपका लागि महरालाई जिल्ला अदालतमा पेश गरियो

काठमाडौं – संसद् सचिवालयमै काम गर्ने महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यही असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका महरालाई म्याद थपका लागि ९ दिनपछि अदालतमा पेश गरिएको हो । यसबीचमा दशैंसहित लामो बिदा परेको थियो ।


Advertisement

महराका सम्बन्धमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपकराज दाहालको इजलासमा थुनछेक बहस हुँदैछ ।

महराको पक्षबाट पूर्वमहान्याधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गर्दैछन् ।

कमेन्ट गर्नुहोस्