मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिकहरू फिर्ता बोलाएर सही काम गरेका छन् । अमेरिकी सैनिकहरू उक्त देशमा बस्नुपर्ने कुनै रणनीतिक कारण छैन । तिनीहरू त्यहाँ लामो समय बसिरहे भने थप दलदलमा फस्नेछन् । उनीहरूले कुनै किसिमको शान्ति लाद्न खोजे भने सबै पक्षको आक्रमणको तारो बन्नुपर्ने हुन्थ्यो । टर्की र कुर्दहरूको लडाईंमा बाह्य विश्वको कुनै काम छैन ।
अमेरिका सिरियाबाट हट्नुपर्छ अनि साथसाथै ऊ इराक, अफगानिस्तान, साउदी अरब र खाडीबाट पनि हट्नुपर्छ ।
पछिल्लो कदम चाल्नुमा ट्रम्पका उद्देश्य वा सोच प्रक्रिया प्रस्ट छैनन् । उनले अनुदारवादी र उदारवादी दुवैथरी हस्तक्षेपकर्ताहरूलाई क्रुद्ध बनाएको कुरा सन्तोषदायक पनि छ, खतरनाक पनि छ । अर्काको देशमा हानि हुने गरी हस्तक्षेप गर्ने काम पश्चिमको विश्वदृष्टिकोण नै बनिसकेको छ । तर अर्काको समस्यामा हस्तक्षेप गर्ने कुनै राम्रो समय नभए जस्तै हस्तक्षेप रोक्ने पनि कुनै राम्रो समय हुँदैन । अमेरिकी सेनाले उत्तरी सिरियामा तत्कालै शान्ति र सौहार्द्र ल्याउने उपाय हुन्थ्यो भने बेग्लै कुरा । तर त्यस्तो कुनै उपाय छैन ।
मध्यपूर्वको आधुनिक इतिहासमा तालिबान वा सद्दाम वा असदको सत्ताले रचेको त्रासदी अमेरिकाले सेप्टेम्बर ११ पछि मच्चाएको विध्वंसको बराबरीमा आउँदैन । उक्त विध्वंस अन्त्यहीन छ अनि वर्णनातीत पनि ।
कुनै पनि बाह्य हस्तक्षेपमा कथानकहरू विकसित हुन्छन् र साझेदारीहरू निर्माण गरिन्छन् । सबभन्दा मूर्खतापूर्ण काम भनेको सन् २०१५ देखि सिरियाली गृहयुद्धमा बशर अल–असदविरुद्ध लडिरहेका विद्रोहीहरूलाई प्रोत्साहन र सहयोग पुर्याउनु नै थियो । उत्तरी इराक अव्यवस्थाको भुमरीमा रुमल्लिँदा कुर्दहरूले टर्कीमाथि दबाब बढाउनका लागि उत्साह प्राप्त गरेका थिए । यसले गर्दा सिरिया त्रिपक्षीय द्वन्द्वको केन्द्र बन्न पुग्यो । यस अवधिभरि अमेरिकाले कुर्दहरूलाई समर्थन गर्यो ।
अमेरिकाका पछिल्ला राष्ट्रपतिहरू बाराक ओबामा र ट्रम्पले चुनावका बेलामा सिरियाली क्षेत्रबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने वाचा गरेका थिए । तर अमेरिकाको हतियार उद्योगको शक्तिका अगाडि उनीहरूको डेग चलेन । ट्रम्पले सैनिक फिर्ता बोलाउने विषयलाई निकै जोड दिएको भए पनि पूर्वानुमान गर्न नसकिने उनको व्यवहार र आक्रामक भाषाशैलीले उनका उद्देश्यलाई नै धमिलो बनाएका छन् । उनले इरानसँग कठोर र नरम दुवै किसिमका दृष्टिकोण अपनाएका छन्, अफगानिस्तानबाट अमेरिकालाई झिक्न खोजे तर सकेनन् र अहिले कुर्दहरूलाई यता न उताको बनाएका छन् ।
बाहिरी विश्व इस्लामिक स्टेटविरुद्ध एकताबद्ध हुँदा रणनीतिक स्पष्टता केही हदसम्म सम्भव थियो । अहिले आईएस लगभग ध्वस्त पारिएको छ र पुराना द्वन्द्वहरू फेरि देखापर्न थालेका छन् । यस्तो भएपछि ट्रम्पलाई वाक्कदिक्क लाग्न थालिसकेको थियो । उनले कुर्दलाई परित्याग गरेर टर्कीलाई सिरिया आक्रमण गर्ने अनुमति दिनु भनेको कूटनीतिक धोकेबाजीको चरम उदाहरण हो तर व्यवाहारिक राजनीति (रियलपोलिटिक) को आलोकबाट हेर्दा ट्रम्पको कदममा खोट लगाउने ठाउँ छैन ।
सबै खाले हस्तक्षेपको नियति नै यही हो । उन्नाईसौं शताब्दीमा युरोपका साम्राज्यहरूले विश्वव्यापी निगरानी गर्ने गर्थे र अमेरिकी परराष्ट्रनीतिले त्यसलाई अन्धानुकरण गर्न खोज्दा त्यो विनाशको दूत बन्न पुगेको छ ।
प्राचीन तथा आधुनिक शहरहरू ध्वस्त पारिएका छन् र धार्मिक आस्थाहरू ध्रुवीकृत तथा शस्त्रीकृत गरिएका छन् । धेरै मानिस मरेका छन् अनि खर्बौं डलर खेर फालिएका छन् ।
सन् १९८९ मा सोभियतहरूको पराजयका कारण पश्चिमी सेनाहरूले तेस्रो विश्वयुद्ध गर्न नपाएकाले उनीहरू एउटा कुनै शत्रुविरुद्ध जाइलाग्न तम्तयार थिए । त्यो शत्रु कम्युनिजम नभई इस्लाम हुन पुग्यो । ट्रम्पले यो दुष्चक्रलाई अन्त्य गर्न सके भने उनलाई त्यसको श्रेय दिनुपर्छ ।
द गार्डियनमा प्रकाशित साइमन जेन्किन्सको आलेख
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...