×

NMB BANK
NIC ASIA

चीनसँगको सम्झौतामा सुदूरपश्चिमलाई हेला गरियो - नेता रावल

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- हालै नेपाल सरकार र चीनबीच भएको समझौताप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले तीव्र असन्तुष्टि पोखेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आफुले सुझाएको कुनैपनि माग समझौतामा उल्लेख नगरिएको र काठमाडौं वरिपरी मात्रै केन्द्रीत गरिएको भन्दै इन्चार्ज रावलले असन्तुष्टि पोखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले भने, ‘मैले बालुवाटारमा भएको उच्चस्तरीय बैठकमा विकास निर्माण स्वदेशी वा विदेशी स्रोतबाट गर्ने भएपनि काठमाडौं वरिपरी सीमित राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेको थिएँ । तर फेरि पनि काठमाडौं वरिपरी सीमित पारिएको छ ।’


Advertisment
Nabil box
Kumari

यहाँको पश्चिम सेती जलविद्युत आयोजना धेरै वर्षदेखि निर्माण गर्ने भनेर अलपत्र पारेर यसको भविष्य अनिश्चित पारिएको र सुदूरपश्चिमका सडक, जलविद्युत आयोजनाको सन्दर्भमा पनि ध्यान पुर्याउनुपर्नेमा कुनै सुनुवाई नभएको उनले आरोप लगाए ।

Vianet communication
Laxmi Bank

दार्चुलाको टिंकर नाका र बझाङको उरै नाका खोल्ने काम नभएकोले आफूले ति नाका खोल्न माग गरेपनि चीनसँगको भएको सहमति र सम्झौतामा केही पनि उल्लेख नभएको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘चीनसँग भएको सहमति तथा सम्झौता त्यति न्यायोचित र नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक विकासको धारणा अनुरुप भएन कि मलाई लाग्छ ।’

'नेकपा कैलाली अध्यक्ष रतन थापाको अश्लील अडियो प्रकरणबारे नेकपाले के गर्दैछ ?' भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता रावलले भने, 'जुनसुकै व्यक्तिको बारेमा होस्, त्यो व्यक्तिको आचरण, जनप्रतिनिधिले पालना गर्नुपर्ने मार्यादा विपरितका कुनैपनि पनि क्रियाकलाप प्रमाणित भयो भने सम्बन्धित व्यक्तिलाई कारवाही गर्नेतर्फ पार्टीले गम्भीर ढंगले सोच्छ । तदनुकुल निर्णय पनि गर्छ ।’

केही दिनअघि प्रदेश सभा सदस्य समेत रहेका नेकपा अध्यक्ष थापा र एक महिलाबीच भएको अश्लील अडियो संवाद बाहिरिएको थियो ।

त्यस्तै नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले मंगलबार धनगढीमा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । सो अवसरमा नेता रावलले मिलेर बसेका नेपालीलाई विभिन्न नाममा विभाजन गर्न खोज्नेविरुद्ध कडा रुपमा प्रतिकार गर्ने समेत चेतावनी दिए ।

रावलले जातजातिको नाममा राज्य माग्नु दुःखको कुरा रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x