चीन र नेपालको सम्बन्ध नयाँ उचाईमाः मुख्यमन्त्री पोखरेल

बुटवल - प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति शी चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । उहाँले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए  ।

चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घघाटन समारोहमा बोल्दै उनले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरे ।


Advertisement

दुई मुलुकबीच भाइ भाइको सम्बन्ध छ, त्यही अनुसार सहकार्य र सहयोग गर्दै आएका छौं उहाँले भन्नुभयो हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।

उनले छिमेकको विकासलाई साथ साथै अघि बढाउन चीनले अघि सारेको विआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि विआरआई महत्वपूर्ण रहेको बताए  ।

सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउदै बौद्ध दर्शनको उद्भव स्थल लुम्बिनी भ्रमणको लागि अनुरोध गरे ।

सि\चुवान प्रान्त र प्रदेश ५बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदान प्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उनले बताए । सिचुवान र प्रदेश ५ बीच तीन महिना अघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

 

कमेन्ट गर्नुहोस्