विभिन्न मुद्दामा सजाय पाएका २ फरार प्रतिवादी पक्राउ

गाईघाट – जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ गरिएकाहरुमा उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय स्माइल अली र बारा जिल्ला निजगढका ५१ वर्षीय कृष्णबहादुर लामा रहेका छन् ।


Advertisement

प्राप्त सूचनाका आधारमा जिल्लाको पूर्वी क्षेत्रबाट बुधबार साँझ दुवै जनालाई पक्राउ गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए।

अली सार्वजानिक मुद्दाका फरार हुन् भने लामा ठगी मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्