सानिमा बैंकले १० प्रतिशत बोनस शेयर प्रदान गर्ने

काठमाडौं – सानिमा बैंक लिमिटेडले  लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । 

बैंकको बुधवार बसेको १५ औं वार्षिक साधारण सभाले ११ दशमलव ९५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  


Advertisement

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । 

आर्थिक वर्ष २०७५/७६ मा रु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ अर्व, कुल निक्षेप रु ९२.२८ अर्व तथा खुद कर्जा सापटी रु ८३.४४ अर्व रहेको छ ।
 

कमेन्ट गर्नुहोस्