कात्तिक २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७६/०७७ को पहिलो ३ महिनामा २ हजार ७ सय ९७ वटा उजुरी दर्ता भएका छन् ।
दर्ता भएका जम्मा उजुरीमध्ये साउन महिनामा ११ र भदौ महिनामा १४ वटा उजुरी फेसबूक म्यासेजबाट दर्ता भएको आयोगबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ ।
आयोगको आधिकारिक फेसबूक पेजमा म्यासेजबाट आएका आधिकारिक उजुरी पत्रलाई उजुरीको रूपमा दर्ता गर्ने गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
आयोगमा उजुरी गर्न सकिने धेरै तरिका छन्, त्यसमध्ये अहिले फेसबूकबाट हुने उजुरी पनि एक हो । आर्थिक वर्ष ०७६/०७७ को पहिलो ३ महिनामा दर्ता भएका उजुरीहरू विभिन्न १० माध्यमबाट आएको देखिन्छ ।
आयोगको कार्यालयमा यो आर्थिक वर्षको पहिलो ३ महिनामा इमेलमार्फत २२०, फेसबूकमार्फत २५, फ्याक्समार्फत १८, पत्रपत्रिकामार्फत ३५, अनलाइनमार्फत १५२, हुलाकमार्फत ९१ र एसएमएसमार्फत ३ वटा उजुरी दर्ता भएको छ ।
त्यसैगरी आयोगको कार्यालयमा टेलिफोनमार्फत ८८, लिखित रूपमा १ हजार ५६ र अन्य विधिमार्फत १ हजार १ सय ९ वटा उजुरी दर्ता भएको आयोगको कार्यालयले जानकारी दिएको छ ।
समाचार र मेसेजबाट उजुरी कसरी बनाउँछ आयोगले ?
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले समाचार पत्रमा छापिएको घट्नाको विस्तृत विवरणलाई पनि कहिलेकाहीँ उजुरी बनाउने गरेको छ ।
‘कतिपय उजुरी भाइबर, टोल फ्री नम्बर र मौखिक रूपबाट आंशिक रूपमा प्राप्त हुन्छ र कहिलेकाहीँ त्यही विषय समाचारपत्रमा विस्तृत रूपमा आयो भने त्यस आधारमा हामीले उजुरी दर्ता गर्छौं,’ प्रवक्ता कोइरालाले भने ।
आंशिक रूपमा आएका मौखिक वा मेसेजका आधारमा समाचार आइसकेपछि आयोगले आन्तरिक रूपमा छलफल गरेर उजुरी दर्ता गर्ने प्रक्रिया रहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...