२६ जेठ २०८३, मंगलबार

स्थानीय निर्वाचनः दोलखामा पुरुषभन्दा महिला मतदाता बढी

कात्तिक २०, २०७४
स्थानीय निर्वाचनः दोलखामा पुरुषभन्दा महिला मतदाता बढी

दोलखा २२ चैत– दोलखाको मतदाता संख्यामा पुरुषभन्दा दुई हजार ३०० महिला बढी रहकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचन प्रयोजनका लागि जिल्लाको कुल मतदाता संख्या एक लाख ३३ हजार ४८२ जना पुगेका छन् ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको दोलखाको सो मतदातामध्ये ६५ हजार ५९८ पुरुष र ६७ हजार ८९३ महिलाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नेपालको कुल मतदाता सङ्ख्या भने एक करोड ४० लाख ५४ हजार ४८२ पुगेका छन् ।

नेपालको कुल मतदाता सङ्ख्यामा दोलखाको संख्या शून्य दशमलव ९४ प्रतिशत रहेको छ ।

करिव बीस वर्षपछि नयाँ सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनमा सदर मतको तथ्याङ्कलाई शतप्रतिशत बनाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले दुईदिने मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्