रुबिनाको अर्धशतकीय पारीको मद्दतले काठमाडौंको फराकिलो जित

काठमाडौं– कप्तान रुबिना क्षेत्रीको अर्धशतकीय पारीको मद्दतले काट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई पराजित गरेको छ ।

बिहीवार भएको खेलमा काठमाडौं ८२ रनले विजयी भयो । काठमाडौंको जितमा कप्तान क्षेत्रीले ८३ रनको अविजित पारी खेलिन् ।


Advertisement

पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो ।

जवाफी ब्याटिङ गरेको पोखरा ७० रनमा समेटिएपछि काठमाडौंको फराकिलो जित सम्भव भएको हो ।

कमेन्ट गर्नुहोस्