
काठमाडौं – बुधवार राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको बैठक बसिरहेको अवस्थामा प्रहरीले नेता कार्यकर्ता पक्राउ परेपछि महासचिव विप्लवले विज्ञप्ति निकालेका छन् ।
बिहीवार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले केपी शर्मा ओली नेतृत्वको सरकार निरंकुश, सर्वसत्तावादी र फासीवादी भएको आरोप लगाएका छन् ।
‘हामी केपी सरकारको निरंकुश एवं फासीवादी दमनका विरुद्ध जागरुक हुन र संघर्ष गर्न सबै मानवअधिकारवादी, कानूनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई विशेष अपिल गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।
हेर्नुस् विज्ञप्ति
