आजदेखि भृकुटीमण्डपमा जगदम्बा मोटर्सको ‘टीभीएस सुपर एक्सेन्ज फाइनान्स फेयर’

काठमाडौं – नेपालका लागि टीभीएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला ‘टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’ को आयोजना गरेको छ ।

आज (कात्तिक १ गते) देखि कात्तिक ५ गतेसम्म भृकुटीमण्डप सञ्चालन हुने यो मेलाको प्रमुख आकर्षण नै  ग्राहकहरूले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेन्जमा थप रु. १०,०००/– मुल्यांकन जस्ता उत्कृष्ट अफरहरू रहने छन् ।


Advertisement

मेलाको अन्य आकर्षणमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरू हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।

कुनैपनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कूटर साट्न सकिने यो योजनाले टीभीएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरूलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टीभीएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएको वितरकको दाबी छ ।

योजना सञ्चालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने– ‘हामीले यतिखेर ग्राहकहरूमाझ टीभीएस दशैंको दौडजस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजनाप्रति ग्राहकहरूको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ । यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरूप यो एक्स्चेन्ज फेयर आयोजना गरेका छौं । यो फेयरले ग्राहकहरूलाई टीभीएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ ।’

ग्राहकले ‘टीभीएस दशैंको दौड’ योजनाअन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् ।

साथमा अन्य आकर्षक उपहारहरू पनि यस योजनामा प्राप्त गर्न सकिन्छ । 

टीभीएसले निरन्तररूपमा आफ्ना ग्राहकहरूलाई पैसाको उत्कृष्ट मूल्य र सेवाहरू जस्तै ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।

देशभर १०० भन्दा बढी डिलरहरूको सञ्जालमार्फत् आफ्ना ग्राहकहरूको मुहारमा मुस्कान फैलाउन टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको जगदम्बा मोटर्सको दाबी छ ।

कमेन्ट गर्नुहोस्