माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
पाल्पा –परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेंडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ ।
गोलभेंडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेंडा खेतीका लागि नमूना किसान बनेका छन् ।
गोलभेंडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेंडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभेंडा खेतीबाट चालू आवको दुई महीनाको अवधिमा रु ५० लाखको गोलभेंडा निकासी भएको छ । ठूलो मात्रामा गोलभेंडा उत्पादनसँग गरीबी हटाउन सहयोग पुगेको हो । यहाँ उत्पादित ८० प्रतिशत गोलभेंडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ ।
उत्पादित गोलभेंडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेंडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीयवासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ ।
मैनादी कृषि सहकारी संस्थामा आबद्धता ४९ सदस्यले व्यावसायिक गोलभेंडा खेती वार्षिक रु ५० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन् । श्रम र पसिना बगाउन हिम्मत गर्ने युवाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका युवाले देखाएका छन् । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान मानबहादुर बम्रेलले चालू आवको साउन र भदौ महीनामा गोलभेंडा खेतीबाट राम्रो आम्दानी गरे।
मकै खेतीमा गर्ने बारीमा गोलभेंडा खेतीबाट रु दुई लाख ७३ हजार आम्दानी गर्नुभएको छ । गत आवमा करीब रु तीन लाख जतिको गोलभेंडा बेचिएको हो । अझै कात्तिक महीनामा गोलभेंडा बारीबाट निकासी हुने बम्रेलको भनाइ छ । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान निर्मला रास्कोटीले साउन भदौ महीनामा उत्पादन गरेको गोलभेंडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी लिन सफलता हात पारे। व्यावसायिक गोलभेंडा खेतीबाट गाउँमा स्वरोजगार र रोजगारीका सम्भावनासमेत बढेको छ ।
यहाँका ९० भन्दा बढी युवा कृषि क्षेत्रमा लागि परेका छन् । तीमध्ये ४९ जना गोलभेंडा खेतीमा आकर्षित छन् । यहाँबाट तरकारी तथा सुन्तला ठूलो मात्रामा निकासी हुँदै आएको छ । ११४ जना सदस्य रहेको यस सहकारीमार्फत किसानलाई ऋण तथा प्राविधिक ज्ञान सीप तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालनपछि गाउँमा कृषि उत्पादन बढेको सहकारीका अध्यक्ष बेनीराम पुनको दाबी छ ।
रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर रास्कोटीले व्यावसायिक गोलभेंडा खेतीबाट किसानको जीवनस्तरमा सुधार आएको बताए। उनले गरीबी हटाउनका लागि निम्न वर्गीय परिवार कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा मेहनत गर्न आवश्यक रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...