मोदीसँग आमिर र शाहरुखको सेल्फी

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फिल्म कलाकारप्रतिको लगाव लुकेको छैन । मोदीले भलै फिल्म हेर्न भ्याउँदैनन् तर बेलाबेला बलिउड र टीभी कलाकारहरूसँग भेटिरहेका हुन्छन् ।

केही दिन पहिले मोदीले करण जोहर, आलिया भट्ट, सिद्धार्थ कपूरलगातका कलाकारसँग भेटेको सेल्फी भाइरल भएको थियो । 


Advertisement

शनिवार पनि भारतीय प्रधानमन्त्री मोदीले फिल्म तथा टीभी कलाकारहरूबीच भेट भएको छ । 


Advertisement

मोदीले आज शाहरुख खान, आमिर खान, कंगना रनावत, सोनम कपूर, एकता कपूर, कपिल शर्मालगायतलाई भेटेका हुन् । अवसर थियो- महात्मा गान्धीको १५० औं जन्मजयन्ती । 

यस अवसरमा कलाकारहरूले मोदीसँग सेल्फी पनि खिचे । 

कमेन्ट गर्नुहोस्