काठमाडौं – पृथ्वीको सबभन्दा गर्मी देशमध्ये एक कतारले चिसोका लागि घरबाहिर सडकमै एयर कन्डिसनर लगाएको छ अनि सडकहरू नीलो रंगमा रंगाएको छ ।
गर्मीमा कतारको तापक्रम ४६ डिग्री सेल्सियससम्म पुग्छ । कतारमा सन् २०२२ मा हुन लागेको फूटबल विश्वकप गर्मीकै कारण जाडो महिनामा आयोजना गर्न लागिएको छ ।
पोहोर सालदेखि कतारले फूटबल रंगशालामा खेलाडी र समर्थकहरूलाई शीतल बनाउनका लागि एयर कन्डिसन उपयोग गर्न थालेको छ ।
अहिले सडकपेटीहरूमा विशाल कूलरहरू जडान गरिएको छ । मानिसहरूलाई दैनिक जीवन बिताउन सहज होस् भनेर कूलर लगाइएको हो ।
राजधानी दोहामा अब्दुल्लाह बिन जस्सिम सडकमा नीलो रंग पोतिएको छ । त्यसो गर्दा सडकको तापक्रम अलिकता पनि भए पनि घट्छ ।
कालोपत्रे गरिएको सडकले सूर्यको ताप बढी सोस्छ भने नीलो रंगले ताप परावर्तन गर्छ ।
संसारका अन्य शहरमा पनि अत्यधिक गर्मीबाट मुक्ति पाउन यस्तै किसिमका परीक्षणहरू गरिएका छन् ।
एजेन्सी
लोकान्तर संवाददाता