जिग्री-पाँडेविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं –चर्चित कलाकार अर्जुन घिमिरे 'पाँडे' र कुमार कट्टेल 'जिग्री' बिरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भद्रगोलको चरित्र चोरी गरेको आरोपमा मिडियाहबले उनीहरूविरुद्ध उजुरी दिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को समूहविरुद्ध मिडिया हबले कपिराइटको आरोप लगाएको हो । यसै विषयमा छलफलका लागि 'सक्किगोनी'को समुहलाई प्रहरीले बोलाएको छ । 


Advertisement

प्रहरीका अनुसार मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरू अर्को टेलिश्रृंखलामा  प्रयोग गरेको भन्दै उजुरी गरेका हुन् । 

जिग्री–पाँडे समूहले यसअघि भद्रगोल टेलिश्रृंखलामा अभिनय गर्दै आएको थियो । 
 

कमेन्ट गर्नुहोस्