सानमिगेलको एक्सप्लोर अभियान शुरू

काठमाडौं- पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन देशका विभिन्न गन्तव्यहरूको परिचय दिने उद्देश्यले सानमिगेलले‘एक्सप्लोर’अभियान प्रारम्भ गरेको छ ।‘एक्सप्लोर’अभियानको शुरूआत सानमिगेल ब्रअरी फिलिपिन्सबाट शुरू भएको हो ।

सोही अभियानलाई पछ्याउँदै नेपालमा एक्सप्लोर’ अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँका गन्तव्यहरूका प्रचार गर्ने उद्देश्य राखेको छ । 


Advertisement

यस अभियानअन्तर्गत नेपाली जगतका लोकप्रिय युट्युब भ्लगर्सलाई सहभागी गराई उनीहरूको अनुभवलाई युट्युबमार्फत प्रचार–प्रसार गराइने छ । ख्यातिप्राप्त युट्युब भ्लगर्स घुमन्ते, चेतनराज कार्की, सिसन बानियाँ र‘नेपाल’एट्थ वन्डर पर्यटन प्रचारको लागि कञ्चनजङ्गा बेसक्याम्प, भोटेकोशी, अन्नपूर्ण बेसक्याम्प र एभरेष्ट बेसक्याम्पको जीवनशैली र अन्यविधाको अध्ययन गरी युट्युबमार्फत प्रचार–प्रसार गर्नेछन् ।

नेपालका विभिन्न भाग पर्यटकीय दृष्टिकोणले अत्यन्त आकर्षक भएको र तिनीहरूले प्रशस्त पर्यटनको सम्भावना बोकेकाले त्यस्ता ठाउँहरूलाई प्रचार माध्यमले प्रवर्द्धन गर्ने उद्देश्य ‘एक्सप्लोर’अभियानले बोकेको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


Advertisement

सन् १९९४ देखि नेपालीमाझ लोकप्रिय सानमिगेलले केवल रमाइलो र साहस मात्र नभई प्रकृति, मित्रता र विश्रामको गहिराइ पत्ता लगाउन उत्प्रेरित गरेको छ भने ‘एक्सप्लोर’ क्याम्पेन मार्फत भिजिट नेपाल २०२० को आगमनको साथ दिँदै नयाँ ठाउँ नयाँ खोज अनि भिन्न रोजाइ पस्कने छ ।

कमेन्ट गर्नुहोस्