कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
कात्तिक ३, २०७६
बुटवल-महामानव गौतम बुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरू अघि बढाएको छ ।
सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरू छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवर्द्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्ष्यमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरू अगाडि बढाउन थालेको हो ।
विदेशी विद्वान पर्सिवलले ठम्याएको सैनामैनाको दरबार भएको ठाउँलाई स्थानीय मानिसहरूले बुद्धको दरबार भन्ने गरेको डा बिष्णु घिमिरेलाई उद्धृत गर्दै सैनामैना नगरपालिकाले प्रकाशित गरेको सैनामैना दर्पण पुस्तकमा उल्लेख गरिएको छ ।
राजा शुद्धोधनले आफ्ना पुत्र राजकुमार सिद्धार्थको मन बहलाउन राज्यभित्र तीन स्थानमा बनाएका तीनवटा दरबारमध्येको एउटा यही सैनामैनाको दरबार हुनसक्ने सम्भावनालाई नगरपालिकाले औंल्याएको हो । यस्तै, बुद्धसँग सम्बन्धित अर्को मान्यता समेत रहेको छ । गौतम बुद्धकी माता महामाया देवीले यसै सैनामैना क्षेत्रकी मैना नामकी सामगामकी नायिका रानीसँग सैना लगाएको हुँदा यस क्षेत्रको नाम सैनामैना रहेको किंवदन्तिलाई पनि इतिहासकारहरू स्मरण गर्छन् ।
सैनामैनामा एक दर्जनभन्दा बढी पुरातात्विक स्थलहरु रहेका छन् । यीमध्ये आधा दर्जन स्थानहरू बुद्धकालीन समयसँग कुनै न कुनै रूपले जोडिएको देखापर्छ । सैनामैना नगरपालिकामा करीब तीन दर्जन धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाहरू रहेका छन् । यी सम्पदाहरूलाई पर्यटकीय गन्तव्यको रूपमा नगरपालिकाले एकीकृत दीर्घकालीन योजना निर्माण गरी विकास गर्ने लक्ष्य राखेको नगरप्रमुख चित्रबहादुर कार्की बताउँछन् ।
सैनामैना नगरपालिकाको वडा नं १ स्थित रानीबगियामा रहेको पर्राेहापरमेश्वर बोलबमधाम नगरको महत्वपूर्ण धार्मिक सम्पदाको रूपमा रहेको छ । हरेक वर्ष साउन महिनामा भारतबाट समेत बोलबम तीर्थयात्रीहरू दर्शनका लागि यहाँ आउने गर्दछन् । यस्तै, अर्को महत्वपूर्ण धार्मिक केन्द्र मलमलाधाम नगरको वडा नं ६ स्थित चुरे शृङ्खलाको काखमा अवस्थित छ ।
प्राकृतिक सिमसार क्षेत्रको रूपमा राजापानी सिमसार क्षेत्र वडा नं ११ को राजापानी भन्ने स्थानमा रहेको छ । वडा नं ५ बक्सडडाँडामा रहेको काटियामाई मन्दिर, किरातेश्वर मन्दिर, कोटियाथान अन्य धार्मिक स्थलहरू हुन् । सैनामैना पर्यावरणीय तथा सांस्कृतिक सङ्ग्रहालय नगरको वडा नं १ मा रहेको छ । यो सङ्ग्रहालयमा पुरातात्विक सामग्री, प्रस्तर मूर्ति, शिलापत्रहरू रहेका छन् ।
विपश्यना ध्यान केन्द्रसहितको सङ्ग्रहालय निर्माण गर्ने गुरुयोजना तयार पारिएको नगरप्रमुख कार्की बताउँछन् । सङ्ग्रहालय निर्माण हुने क्षेत्रको बिहीवार अवलोकन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले डीपीआर पूरा भइसकेको सन्दर्भमा अब कुनै पनि बहानामा निर्माणका कामहरुमा विलम्ब नगर्न निर्देशन दिए ।
कुल लागत ३८ करोड अनुमान गरिएको यो सङ्ग्रहालय नेपाल सरकारको शहरी विकास मन्त्रालयमातहत निर्माण हुनेछ । यसका लागि पहिलो चरणमा सोही मन्त्रालयले १० करोड बजेट विनियोजन गरिसकेको छ । सैनामैना नगरपालिकाले अगाडि सारेका योजनाहरुको अवलोकन गर्न पुगेका महासचिव पौडेलले सैनामैनालाई लुम्बिनीसँग जोडेर विकास गर्नुपर्ने सुझाव दिँदै अहिले सम्भाव्यता अध्ययन भइरहेका योजनाका कामलाई छिटो अगाडि बढाउन पनि निर्देशन दिए ।
अवलोकनका क्रममा महासचिव पौडेलले सैनामैनाको बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवर्द्धनका कामलाई प्राथमिकतामा राखिएको बताए । यस्तै, थारु होमस्टे नगरको वडा न २ उचडिहवामा सञ्चालनमा ल्याउन स्थानीय थारु समुदाय जुटेका छन् । आगन्तुक पाहुनालाई आनन्दित बनाउन होमस्टेसँगै जोडिएको उचडिहवा डिउहार ताललाई थप सुन्दर बनाउने काम थालिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरी बताउँछन् ।
सैनामैना नगरमा रहेको बोलबम हिलपार्क, सैनामैना समावेशी पार्क, पद्मपाणि आश्रम र प्राकृतिक चिकित्सालय, बुद्ध विहार लगायतका स्थललाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख कार्की बताउँछन् । सैनामैना क्षेत्रबाट लुम्बिनीको सडक यात्राको दूरी करीब १५ किलोमिटर रहेको छ । लुम्बिनी आएका पर्यटकलाई यति छोटो दूरीमा अवस्थित सैनामैनासम्म ल्याउन पर्यटकीय पूर्वाधारको निर्माणमा नगरपालिकाले जोड दिएको छ ।
नगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणलाई दीर्घकालीन योजनामा समेटेको नगरप्रमुख कार्की बताउँछन् । दीर्घकालीन योजनामा रहेका पर्यटकीय क्षेत्र लामिरह जलाशय पार्कलाई बुद्ध सर्किटमा जोड्ने काम शुरू भएको छ । सैनामैना नगरपालिकाको ड्रिम प्रोजेक्टका रूपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गरिएको थियो ।
यो जलाशययुक्त पार्कको निर्माणले सैनामैना क्षेत्रमा सिँचाइ सुविधासमेत पुग्ने नगर प्रमुख कार्कीले जानकारी गराए । उनका अनुसार चुरे संरक्षण, पर्यावरण संरक्षण, भूमिगत स्रोतहरूमा पानीको सञ्चितीदेखि हरियाली प्रवर्द्धनमा टेवा पुग्नेछ । यहाँ करीब सात किलोमिटर लामो पैदल पथ निर्माण तथा डुङ्गा सञ्चालन गर्ने समेत योजना छ । सैनामैनामै विशेष सङ्ग्रहालय बन्ने भएको छ ।
सैनामैनाको बुद्धकालीन सभ्यतालाई संरक्षण गर्दै वडा नं १ को बनकट्टामा उक्त सङ्ग्रहालय निर्माण गर्न लागिएको नगर प्रमुख कार्कीले जानकारी दिए । सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । बुद्धकालीन सभ्यताको ऐतिहासिक शहर बुद्धवली भनी मानिने क्षेत्र सैनामैना बुटवलको जितगढीसम्म फैलिएको विभिन्न ग्रन्थहरुमा उल्लेख रहेको पनि उनी बताउँछन् । लुम्बिनी आएका पर्यटकलाई सैनामैनासम्म ल्याउने वातावरण निर्माणका लागि पूर्वाधार बनाउने काममा नगरपालिकाले जोड दिइआएको छ ।
सैनामैना नगरपालिकाले आवश्यक कानूनहरुको निर्माणका कामलाई तीव्रता दिएको र स्वीकृत योजना अनुसारका कामहरु प्राथमिकताका साथ अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । -भरत केसी/रासस
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...