कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बुटवल - बुटवलको बजारमा लेवलबिनाका सामानहरू छ्याप्पछ्याप्ती बिक्री भएको पाइएको छ । खुद्रा किरानादेखि होलसेल पसलहरूमा समेत लेवलबिनाका सामानहरू खुलेआम रूपले बिक्री भएको पाइएको हो ।
बुटवल उप–महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा किराना पसलहरूमा लेवलबिनाका अखाद्य वस्तुहरू बिक्री भएको भेटिएको छ ।
बुटवलको ट्राफिक चोकमा रहेको चण्डी नामक पसलबाट लेवल नलगाएका ३० हजारभन्दा बढी मूल्य पर्ने विभिन्न उपभोग्य सामान अनुगमन समितिले फेला पारी नष्ट गरेको छ ।
समितिकी संयोजक गोमादेवी आचार्यको संयोकत्वमा गएको अनुगमन समितिले काजु, किसमिस, बदाम, ओखरको घाझि, चना लगाएका सामानहरू लेवल नलगाई बिक्री गरेको भेटाएपछि नगरपालिकाले त्यसलाई नष्ट गरेको हो ।
समितिले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै नियमित रुपमा बजार अनुगमन गर्ने बताएको छ ।
‘हामीले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्र बनाएका छौँ,’ समितिकी संयोजक गोमादेवी आचार्यले भनिन्, ‘चाडपर्व लक्षित भन्दापनि यो अनुगमन वर्षभरि नै हुनेछ ।’
त्यस्तै चण्डी किराना पसलले उप–महानगरपालिकामा नवीकरण नगरेको तथा बिलविजक स्पष्ट रुपमा नकाटेको समेत अनुगमनको क्रममा भेटिएको छ । अनुगमन समितिले बुटवलको सुख्खानगरमा रहेको अर्घाखाँची मन्सिला किराना पसल पनि अनुगमन गरेको छ ।
‘त्यसैगरी सुख्खानगरमै रहेको पाण्डे ग्याँस सप्लायर्समा पनि अनुगमन गरिएको छ, अनुगमनका क्रममा लेवलबिनाका सामानहरू, बिलविजक ठीक नभएको समेत भेटिएको छ । उहाँहरूलाई सचेत बनाउने काम पनि हामीले गरेका छौँ,’ वाणिज्य कार्यालय भैरहवाका प्रमुख रुद्रप्रसाद ज्ञवालीले भने ।
अनुगमनका क्रममा जफत गरिएका सामानहरू बुटवल उप–महानगरपालिकाका अनुगमन शाखा प्रमुख टोपलाल शर्मा, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, खाद्य कार्यालय भैरहवाका पदमराज भुसाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बुटवल उप–महानगरपालिका वडा नं. ४ का अध्यक्ष टंक पराजुली, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक कृष्ण बेलबासेको रोहवरमा नष्ट समेत गरिएको थियो ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...