१२ हजार घुस खान खोज्ने अख्तियारको नियन्त्रणमा

पोखरा - अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आइतवार दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय लेखनाथका खरीदार फलेवास नगरपालिका–१ पर्वतका प्रकाश पौडेल र लेखापढी व्यवसायी भानु नगरपालिका–६ तनहुँका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।


Advertisement

जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले रु १२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४ः३० बजे नियन्त्रणमा लिएकोे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्