मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
काठमाडौं – जबर्जस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् ।
पीडित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी कल्पना पनि गर्न नसक्ने भन्दै उनले इन्कारी बयान दिएका हुन् । महिलासँग आफ्नो पुरानो चिनजान भएको र घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ छ ।
घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन् । उनले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । महराले आफू महिलाको घर नै नगएकाले घटनास्थलमा भेटिएका रक्सी, जुत्ताको तलुवा र चस्मा आफ्नो नभएको दाबी गरेका छन् । कुटपिटका कुरा निराधार र कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । चस्माबारे सोधिएको प्रश्नमा महराले लगाइरहेको चस्मा देखाउँदै भने, ‘मेरो चस्मा त यही हो लगाइरहेकै छु ।’
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार महरासँग लिने बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ । सरकारी वकिलले महरासँग बयान लिने काम सकिए पनि अनुसन्धानका अन्य काम बाँकी रहेको भन्दै सात दिनको समय माग गरेको थियो । तर, अदालतले भने पाँच दिनको मात्रै म्याद थप गर्न अनुमति दियो । शनिबारबाट लागू हुने गरी पाँच दिनको म्याद थपको अनुमति दिएको अदालतको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महरालाई अनुसन्धान गर्न पहिलोपटक दिएको १३ दिनको समयावधि शनिबार सकिएको थियो ।
अदालतसमक्ष पीडितको आफ्नै जाहेरीविरूद्ध अर्को लिखित निवेदन
पीडित भनिएकी महिलाले प्रहरीसमक्ष दिएको किटानी जाहेरीविरूद्ध जिल्ला अदालतमै पुगेर लिखित निवेदन दिएकी छिन् । उनले सोधपुछका लागि भनेर बोलाएको प्रहरीले नौ घन्टासम्म बन्धक बनाएर शारीरिक र मनोवैज्ञानिक दबाब दिएर करणी प्रयास गरेको निवेदन दर्ता गराएको भन्दै आइतबार अदालतमा आफैं उपस्थित भएर लिखित निवेदन दिएकी छिन् ।
‘पीडितले नै हुलाकमार्फत आफूले पठाएको निवेदन प्रहरीले दर्ता गर्न नमानेको भन्दै लिखित निवेदन लिएर आज अदालतसमक्ष आएकी हुन् । इजलासले मिसिलमा राख्नु भन्ने आदेश दिएकाले राखिएको हो । त्यो निवेदन मान्ने नमान्ने भन्ने कुरा पछि अदालतले निर्णय गर्छ,’ अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने । आफू धेरै बोल्न नसक्ने भन्दै महिलाले आफ्ना अन्य उजुरी झुटो भएको भन्दै इजलाससमक्ष पेस गरेकी थिइन् ।
उनले महरा आफ्नो घर नै नआएको निवेदन अदालतसमक्ष प्रस्तुत गरेकी छिन् । १२ असोजमा महरा आफ्नो घरमा नआएको र १५ असोजमा प्रहरीसमक्ष सत्यतथ्य नै बताएको उनले उल्लेख गरेकी छिन् । उनले आफ्नो लिखित उजुरी प्रहरीले दर्ता गर्न नमानेकोसमेत आरोप लगाएकी छिन् । ‘मेरो शारीरिक अवस्थाको फाइदा उठाउँदै म एक्लै भएका वेला जबर्जस्ती कोठामा आई मेरो अन्तर्वार्ता लिएर मेरो अनुमतिविना सामाजिक सञ्जालमा हाली मेरो साथै उच्च ओहोदाको व्यक्तिको बेइज्जत गर्ने अनावश्यक घटनालाई जोडी पारिवारिक विखण्डन गराइयो,’ उनले भनेकी छिन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...