कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाँके –पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् ।
बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको झुण्ड स्थानीयवासीको घरमा पस्ने, बालीनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै आक्रमण गर्न थालेपछि जयसपुरवासी हैरान छन् ।
जयसपुरको बस्तीमा पसेर बाँदरले बालीनाली उखेलिदिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र मान्छेलाई समेत टोकेर हैरान गर्न थालेको स्थानीयवासी रोशनअली अन्सारीले बताए। केही दिनदेखि गाउँमा बाँदर आतङ्क बढ्दै गएको अन्सारीको भनाइ छ । बाँदरको डरले हातमा लठ्ठी बोकेर हिँडडुुल गर्नुपर्ने अवस्था रहेको अन्सारीले बताए।
उनले भने, 'दुई/तीन सयको सङ्ख्यामा रहेका बाँदरको बासस्थान नै जयसपुर गाउँ नजिकैको जङ्गलमा हुने गरेको छ ।' किसान बाली जोगाउन रातदिन बारीमै जाग्राम बस्ने गरेका छन् । बाँदरले बारीमात्र नभएर घरभित्रै प्रवेश गरी भण्डारण गरिएको अन्न तथा पकाएर राखेको खानासमेत खाइदिने गरेको स्थानीयवासीको भनाइ छ ।
'बारीमा फलेका काउली, टमाटर, मेवा, फर्सी, लौका, आलुलगायतका बालीनाली तथा तरकारी सखापै पारिदिने गरेकाले हैरान छौँ', नेपालगञ्ज–१६ का वडाध्यक्ष हनिफ जोलाहले भने, 'कतिपय किसानले बाँदरको डरले खेतबारी नै बाँझै राख्न थालेका छन् ।'
पछिल्लो समय त बाँदरले बालबालिका, वृद्धवृद्धा तथा जोसुकै एक्लै हिँडेको देखेमा आक्रमणसमेत गर्ने गरेको स्थानीयवासी बताउँछन् । बाँदरको आक्रमणबाट स्थानीय केही व्यक्ति घाइते भएको वडाध्यक्ष जोलाहले बताए । बाँदरको डरले बालबालिकालाई एक्लै घर बाहिर छोड्ने अवस्था नरहेको स्थानीय मुन्नीकली अन्सारीले बताए।
बाँदर आतङ्कबाट स्थानीयवासी हैरान भएर वडामा गुनासो आउन थालेपछि समस्या समाधान गर्न विभिन्न उपाय अपनाए पनि समाधान गर्न नसकिएको वडाध्यक्ष जोलाहको भनाइ छ । बाँदर आतङ्क रोक्न जिल्ला प्रशासन, उपमहानगरपालिका, वन डिभिजन कार्यालयलगायतका निकायसँग समन्वय तथा पत्राचार गरेको भए पनि कुनै निकायले सहयोग नगरेको वडा नं १६ का सचिव सलाउद्धीन अन्सारीले गुनासो गरे।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...