×

NMB BANK
NIC ASIA

३५ वर्ष मुग्लानमा बिताएका शशीधरको पौरख, विदेशमा भन्दा स्वदेशमा धेरै कमाइ

कात्तिक ४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बागलुङ – भारतमा ३५ वर्षे जागीरे जीवन बिताएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन वर्षअघि गाउँ फर्किएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसार र खेतीपातीमा बित्छ । कुनै बेला उजाड बनेको घरगोठ, खेतबारी उनी आएपछि हराभरा भएको छ । परम्परागत कृषिले व्यावसायिक रुप पाएको छ । 


Advertisment
Nabil box
Kumari

एक वर्षअघि ‘ऋमा पोल्ट्री फार्म’ खोलेर शर्माले व्यावसायिक कुखुरापालन शुरू गरेका हुन्। ‘फार्म’मा ‘लेयर्स’ जातका डेढ सय कुखुरा छन् । गाउँमा ताजा अण्डा उत्पादन गर्ने र बेच्ने उद्देश्यले कुखुरापालन शुरू गरेको उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

कुखुरापालनमा रु छ लाख बढी लगानी भएको छ । दुई आधुनिक खोर निर्माणमा मात्र रु पाँच लाख खर्च भएको शर्माले बताए। 'दैनिक एक सय ३० देखि ४० सम्म अण्डा उत्पादन हुन्छ', उनले भने, 'एउटा अण्डा १२ रुपैयाँ ७० पैसा र क्रेट तीन सय ८० मा बिक्री भइरहेको छ ।' अण्डाबाट मासिक रु. ५५ हजारसम्म कारोबार हुन्छ ।

खर्च कटाएर महीनामा २०/२५ हजारसम्म नाफा निस्कने गरेको छ । कुखुरापालन व्यवसायलाई थप विस्तार गर्ने उहाँको योजना छ । 'सबैले चिसो ठाउँमा कुखुरापालन हुँदैन भन्थे, मलाई गर्छ भनेर पत्याएका थिएनन्', उनले भने, 'तर गरेपछि सम्भव हुँदो रहेछ, अहिले सबैले राम्रो काम गर्‍र्यो भनेर प्रशंसा गर्छन् ।'

कुखुरालाई चाहिने तापक्रम व्यवस्थापनका लागि आधुनिक तरिकाबाट खोर निर्माण गरिएको शर्माको भनाइ छ । ‘फार्म’मा उत्पादित अण्डा गाउँमै खपत हुने गरेको छ । शर्माले कुखुरासँगै बाख्रापालनलाई पनि अघि बढाएका छन् । अहिले उहाँकोमा माउ र पाठापाठी गरी सात बाख्रा छन् ।

बोका, खसी बिक्रीबाट पनि राम्रै आम्दानी हुने गरेको छ । गोठमा भैँसी र गोरु पनि छ । परिवारलाई चाहिने तरकारी बाहिर किन्नुपर्दैन, घरमै फल्छ । खेतबारीमा अन्नबालीको काम पनि शर्माले सम्हाल्दै आएका छन् । उनी  जागिरमा विदेश हुँदा घरमा कोही पनि बस्दैनथे । श्रीमती रत्नादेवी शर्मा जागीरे र व्यवसायी छोराबुहारीसँग बागलुङ सदरमुकाम बस्थिन्। छोरीको भारतमै बिहे भइसकेको थियो ।

शर्मा नेपाल फर्केपछि श्रीमती रत्नादेवी पनि गाउँ फर्किइन्। दुवैजना मिलेर व्यावसायिक कृषि पेशातिर लागे । 'जागीरबाट निस्केपछि छोराबुहारीले शहरतिरै बस्ने योजना बनाएका थिए', शर्माले भने, 'तर, मलाई गाउँ नै फर्कन मन लाग्यो, कृषितिरै मन गयो ।' शर्माकी आमा पनि अहिले छोराबुहारीसँगै गाउँमै रमाएर बसेका छन् । आफ्नै गाउँघरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण शर्मा बनेका छन् । 

२२ वर्षको उमेरमा कामको खोजीमा भारत पुगेका उनले २५ वर्ष हैदरबादको टायर कम्पनीमा र १० वर्ष बाहिर काम गरेका थिए । बुबा घर फर्केर कृषिमा लागेपछि पेशाले स्वास्थ्यकर्मी छोरा ऋषिरामले पनि ‘फार्म’ व्यवस्थापनमा सघाउँदै आएका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x